नेपाली सेना भू.पू. सैनिक सम्मेलन (पश्चिमाञ्चल)–२०७२ खैरेनीटार केन्द्रको कार्यक्रम समापन  

१. नेपाली सेना भू.पू. सम्मेलन पश्चिमाञ्चलको प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले बैशाख ८ गते खैरेनीटारमा एक भव्य समारोहका बीच पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नु भएको थियो ।  
२. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सो सम्मेलन अन्र्तगत खैरेनीटार केन्द्रमा पश्चिमाञ्चल क्षेत्रको गण्डकी अञ्चलका बिभिन्न जिल्लाहरुका ३६४५ जना भूतपूर्व सैनिक तथा ४७० जना एकल महिला गरी जम्मा ४११५ जनाको उपस्थिति रहेको थियो । 
३. उक्त कार्यक्रममा नेपाली सेनाको कल्याणकारी गतिविधि तथा नेपाली सेना कल्याणकारी बोर्ड सम्बन्धमा विभिन्न प्रस्तुतीकरणहरु, सहभागी भूतपूर्व सैनिकहरुसंग अन्तरक्रिया, छलफल र सुझाब संकलन, सांस्कृतिक कार्यक्रम, वित्तिय प्याकेज (लघुवित्त कार्यक्रम) स्वरुप चेक हस्तान्तरण कार्यक्रम, व्हील चियर प्रदान तथा नेपाली सेना सम्बन्धी बृत्तचित्र प्रदर्शन, नयां उपचार पुस्तिका बनाउने, पुरानो उपचार पुस्तिका नविकरण गर्ने, भूतपूर्र्व सैनिक परिचय पत्र बितरण, कानुनी परामर्श सेवा, जेष्ठ सैनिक कल्याणकारी निवृत्तिभरण परिचय पत्र, एकल महिला निबृतिभरण परिचय पत्र आदी बनाई उपलब्ध गराईएको थियो । साथै सो स्थानमा घुम्ती स्वास्थ्य शिविर समेत सञ्चालन भएको थियो ।   
४. पश्चिमाञ्चल क्षेत्र अन्तर्गत नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन २०७२ बैशाख ६ गतेबाट खैरेनीटार केन्द्रमा संचालन भएको सम्मेलन बैशाख ८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।