नक्कली नोटको कारोबारमा आरोपित सैनिक जवान निर्दोष

१. नक्कली नोटको कारोबारमा संलग्न भएको कसुरमा मिति २०६७ कार्तिक १६ गते पक्राउ परेका व्यक्तिहरुमध्ये नेपाली सेनाको हनुमानढोकास्थित श्री नं.१ ग्यारिजन गणका सिपाही नरेश श्रेष्ठ महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसन्धानपश्चात निर्दोष साबित भएका छन् । २. महानगरीय प्रहरी प्रभाग जनसेवा काठमाडौंले मिति २०६७ कार्तिक १६ गते नक्कली नोट बनाउने सामग्रीसहित तिर्थराज ढकाल र सिपाही नरेश श्रेष्ठलगायतलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसरले गरेको अनुसन्धानबाट उक्त घटनामा निज सिपाहीको कुनैपनि संलग्नता नदेखिएको र खुल्नसमेत कतैबाट नआएको हुँदा सोही व्यहोरा जानकारी गराईन्छ ।