प्रधानसेनापतिबाट पदोन्नती हुनु भएका रथीबृन्दहरुलाई दज्र्यानी चिन्ह प्रदान

 १. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मिति २०७२ बैशाख ३ गते नेपाल सरकार, मन्त्री परिषद्को निर्णय अनुसार प्राबिधिक उपरथी दर्जामा पदोन्नती हुनु भएका प्राबिधिक सहायक रथी डा. श्री किशोर जंग राणालाई आज मिति २०७२ बैशाख १० गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बिच प्राबिधिक उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । वहांलाई श्री कार्यरथी बिभाग, सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ । 
२. यसै गरि उक्त समारोहमा प्रधानसेनापति श्री राणाले प्राबिधिक महा सेनानीबाट प्राबिधिक सहायक रथी दर्जामा पदोन्नती हुनु भएका प्राबिधिक महा सेनानी श्री सन्तोष कुमार कार्की तथा महा सेनानीबाट सहायक रथी दर्जामा पदोन्नती हुनु भएका महा सेनानी श्री गणेश बहादुर कार्की र महा सेनानी श्री बाबुकृष्ण कार्र्कीलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।  
३. साथै पदोन्नती हुनु भएका प्राबिधिक सहायक रथी श्री सन्तोष कुमार कार्कीलाई श्री सैनिक हवाई महानिर्देशनालय, मर्मत तथा सम्भार सेवामा, सहायक रथी श्री गणेश बहादुर कार्कीलाई श्री नं.७ बाहिनी अड्डाको बाहिनीपतिमा र सहायक रथी श्री बाबुकृष्ण कार्कीलाई श्री राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालयको निर्देशकमा पदस्थापन गरिएको छ ।