उद्धार तथा राहत वितरण कार्यमा नेपाली सेनाको सक्रिय सहभागिता  

१. नेपाली सेनाले भुकम्पबाट प्रभावित क्षेत्रमा आफ्नो कुल नफ्रीको ९० प्रतिशत फौजलाई खोज, उद्धार तथा राहत कार्यको लागि अधिकतम रुपमा प्रयोग गरी आज पनि निरन्तररुपमा प्राथमिकताकासाथ उक्त कार्यलाई तिब्रता दिएको छ ।  

२. सोही अनुरुप भुकम्प पिडीत घाईतेहरुलाई नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालमा पु¥याई हालसम्म ७४८ जना घाईतेहरुको उपचार भईरहेकोमा ३२६ जना घाईतेहरुको उपचार गरी डिस्चार्ज गरिसकिएको छ भने २४८ जना घाईतेहरुलाई बिभिन्न स्थानहरुबाट नेपाली सेनाको हेलिकप्टरद्धारा सकुशल उद्धार गरी अस्पतालमा ल्याई उपचार सेवा प्रदान गरिरहेको छ ।  त्यसैगरी उपचारको क्रममा ३२ जना सिकिस्त घाईतेहरुको मृत्यु भईसकेको छ भने नेपाली सेनाले उपचारको निमित्त बिभिन्न ९ वटा स्थानहरु (हागाम, लिपिङ, सिपानी, मेलम्ची, धुन्चे, सिन्धुपाल्चोकको मांग्माचौर, सैनिक मञ्च, एयरपोर्ट र भद्रकाली) मा आप्mनो  मेडिकल टिमलाई खटाई नियमित रुपमा उपचार सेवा प्रदान गरिरहेका छन् ।   

३. उपलव्ध श्रोत साधनलाई अधिकतम प्रयोग गरी नेपाली सेनासंग भएको लान्सर, ए.एल.एच., एलुवेट, वेल, सुपर पुमा र स्काई ट्रक गरी जम्मा ८ वटा तथा मित्रराष्ट्र भारतीय सेनाको एम.आई.१७ र ए.एल.एच. गरी जम्मा १२ वटा हवाई साधनहरुद्धारा खोज, उद्धार तथा राहत सामाग्री बितरण कार्यलाई प्राथमिकताको क्रममा राखी अहोरात्र खट्टिरहेका छन् ।  

४. यसैगरी हालसम्म भुकम्प पिडीतहरुको सहायताको निमित्त बिभिन्न २७ मित्रराष्ट्रहरुका सर्च एण्ड रेस्क्यु (क्ब्च्) र मेडिकल टिमहरुले खोज, उद्धार तथा राहत कार्यमा नियमित रुपमा सहयोग प्रदान गर्दै आईरहेका छन् । 

५. नेपाली सेना समस्त जनताहरुमाथि आईपरेको यस राष्ट्रिय विपद्को कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी जनताको जीउधनको सुरक्षार्थ समर्पित रही खोज, उद्धार एवं राहत सामाग्री वितरण तथा औषधी उपचार सेवालाई निरन्तरता दिई राखेको छ ।