नेपाली सेनाद्वारा उद्वार  कार्य जारी

१. नेपाली सेनाले भुकम्पबाट प्रभावित बिभिन्न क्षेत्रमा आफ्नो कुल नफ्रीको ९० प्रतिशत फौजलाई आफुसंग भएको श्रोत, साधनको अधिकतम रुपमा प्रयोग गर्दै आज पनि निरन्तररुपमा प्राथमिकताकासाथ खोज, उद्वार  तथा राहत कार्यलाई तिब्रता दिएको छ ।  

२. खोजतलास तथा उद्वार कार्यलाई समन्वयात्मक एवम् प्रभावकारी बनाउने सन्दर्भमा आज प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग नेपालका लागि अमेरिकन महामहिम राजदुत एभतभच ध्। द्ययममभ ले भेटघाट गर्नु भएको छ । सोही क्रममा एभतभच ध्। द्ययममभ ले भुकम्प पिडीतहरुको लागि खोज, उद्वार  तथा राहतसामाग्री बितरण गर्न नेपाली सेनाले अपनाएको विपद व्यवस्थापन प्रणालीको जंगी अड्डा परिसरमा प्रत्यक्ष अवलोकन गर्नु भएको छ । त्यस अवसरमा वहांलाई हालसम्म नेपाली सेनाले गरिरहेको कार्यहरु र अपनाएको विधि बारे जानकारी गराईएको थियो ।  
३.  यसैक्रममा आज सशस्त्र प्रहरी, अमेरिकन, फ्रेन्च, स्पेनिश र नेपाली सेनाको संयुक्त टोलीले काठमाण्डौ जिल्लाको माछापोखरी, बालाजुबाट १ जनालाई जिवितै उद्वार  गरेको छ भने पोल्याण्डको सर्च एण्ड रेस्क्यू टिमले सुन्दरीघाट ईलाकाबाट १ जनाको शव, चीनको सर्च एण्ड रेस्क्यू टिमले मित्रनगर ईलाकाबाट १ जनाको शव र नेदरल्याण्डको सर्च एण्ड रेस्क्यू टिमले बाह्रविसे ईलाकाबाट १ जनाको शव निकालेको छ । यसैगरी रसुवा जिल्लाको भुकम्प प्रभावित बिभिन्न स्थानबाट १२ जना स्वदेशी तथा विदेशी नागरिकहरुलाई सकुशल उद्वार  गरेको छ । त्यसैगरी सिन्धुपाल्चोक जिल्लाबाट ३९ जना, दोलखा जिल्लाबाट २५ जनाको सकुशल उद्वार  गरेको छ । सोही अनुसार भुकम्प प्रभावित अन्य बिभिन्न क्षेत्रहरुबाट हवाई साधन प्रयोग गरी हालसम्म १५५२ जना घाईते बिरामीहरुलाई उद्वार  गरेको तथा भुकम्पमा परि भत्किएको घरका भग्नावशेषमा पुरिएका १२१७ जनालाई सकुशल उद्वार  गरेकोे            छ ।   

४. यसैगरी नेपाली सेनाले खोज तथा उद्वार  कार्य लगायत भुकम्प पिडीतहरुलाई राहत बितरण गर्ने कार्यलाई पनि तिब्रता दिएको छ । यसै क्रममा आज नेपाली सेनाको हवाई साधन प्रयोग गरी भुकम्प प्रभावित सोलुखुम्बु, रसुवा, सिन्धुपाल्चोक, धादिङ्ग, दोलखा, गोरखा, ओखलढुङ्गा र काभ्रेपलान्चोक जिल्लाको बिभिन्न स्थानमा गरी ११,२५० के.जी. राहत सामाग्री पु¥याएको छ ।  

५. बिभिन्न स्थानमा भत्किएका भौतिक संरचनाहरुको खोज तथा उद्वार  लगायत भुकम्प पिडित घाईतेहरुलाई उपचार सेवा प्रदान गर्नको लागि संयुक्त रुपमा नेपाली सेना तथा मित्रराष्ट्रहरुबाट मेडिकल लगायत अन्य राहतका सामाग्री सहित आएका सेनाको दक्ष टोलीलाई खोज तथा उद्वार  कार्यमा तिब्रता दिन भुकम्प प्रभावित क्षेत्रको बिभिन्न स्थानहरुमा परिचालन गरिएको छ भने आज मित्रराष्ट्र जोर्डन, चीन, ईटाली, संयुक्त राज्य, फ्रान्स, ईण्डोनेसिया, सिंगापुर र ब्रुनाईबाट थप उद्वार का सामाग्रीहरु सहित रेस्क्यू टिम नेपाल आईपुगेको छ ।  

६. त्यसैगरी भुकम्प पिडित घाईतेहरुको उपचारमा छिटो तथा सहजताको लागि नेपाली सेना तथा  अन्तराष्ट्रिय मेडिकल सहयोगमा मित्रराष्ट्रहरुबाट आएका मेडिकल टिमले बिभिन्न भुकम्प प्रभावित क्षेत्रहरुमा उपचार केन्द्रहरु खडा गरी घाईतेहरुलाई उपचार सेवा प्रदान गरिरहेको हुंदा सोको यथोचित सुविधा लिन नेपाली सेना सबैमा हार्दिक अनुरोध गर्दछ ।

७. त्यसैगरी अन्तराष्ट्रिय ऋक्क्च् सहयोगमा बिभिन्न मित्रराष्ट्रहरुबाट आएका सर्च एण्ड रेस्क्यू टिमले उपत्यका लगायत उपत्यका बाहिर भुकम्प प्रभावित इलाकामा खोज तथा उद्वार कार्य जारी राखेका छन् सोही क्रममा पाकिस्तानको सर्च एण्ड रेस्क्यु टिमले आज भक्तपुर जिल्लाको दधीकोट ईलाकाबाट पुरिएको एक जनाको शव बाहिर निकालेको छ । 

८. समस्त जनताहरुमाथी आईपरेको यस राष्ट्रिय विपद्को कठिन घडीमा नेपाली सेनाको आप्mनो जनधनको क्षति भएतापनि यस किसिमको दुखद घडीमा कतिपनि बिचलित नभई देश र जनताप्रति समर्पित रही अनवरत रुपमा प्राप्त खबर अनुसार खोज, उद्वार  तथा राहत कार्य एवं राहत सामाग्री वितरण तथा औषधी उपचार कार्यको लागि अहोरात्र खट्टिरहेको छ र निरन्तर खट्टिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।