नेपाली सेनाद्वारा उद्वार, राहत तथा भग्नाबशेषहरु हटाउने कार्य जारी

१. नेपाली सेनाले भुकम्पबाट प्रभावित बिभिन्न क्षेत्रमा आफ्नो कुल नफ्रीको ९० प्रतिशत फौजलाई आफुसंग भएको श्रोत, साधनको अधिकतम रुपमा प्रयोग गर्दै आज मिति २०७२ बैशाख १९ गते पनि निरन्तररुपमा प्राथमिकताकासाथ खोज, उद्वार राहत तथा भग्नाबशेषहरु हटाउने कार्यलाई तिब्रता दिएको छ ।

२. खोज, उद्वार तथा राहत कार्यलाई समन्वयात्मक एवम् प्रभावकारी बनाउने सन्दर्भमा आज प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग भारतको नयां दिल्ली स्थित महामहिम स्पेनी राजदुत Mr. Gustavo Manuel de Aristegui Y San Roman ले आफ्नो सैनिक सहचारी तथा काठमाण्डौं स्थित Consul General Ms Ambica Shrestha ले जंगी अड्डामा शिष्टचार भेटघाट गर्नु भएको छ । त्यस अवसरमा वहांलाई हालसम्म नेपाली सेनाले गरिरहेको कार्यहरु र अपनाएको विधि बारे जानकारी गराईएको थियो । यसैगरी श्री राणाले माननीय बाणिज्य तथा आपुर्ती मन्त्री श्री सुनिल थापासंग समेत भेटघाट गर्नु भएको छ ।  
  
३. यसैगरि आजै प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. तथा सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रोहिणी राणाले सैनिक श्रीमती संघको संयोजकत्वमा काठमाण्डौं जिल्ला, तारकेश्वर नगरपालिका वडा नं. १३, जितपुर ईलाकाका भुकम्पपिडित स्थानिय बासिन्दाहरुलाई राहत सामाग्री           (पाल गोटा ५०, चिउरा ५२५ बोरा, अण्डा ५०० क्रेट, सातु ५ बोरा, नेपकिन १ बोरा र साबुन ३८४ गोटा) हरु बितरण गर्नु भएको छ । 
४. राहत सामाग्री बिभिन्न जिल्लामा पु¥याउने क्रममा सिन्धुपाल्चोक, दोलखा, धादिङ, गोरखा, ओखलढुंगा, काभ्रे, रामेछाप, रसुवा, नुवाकोट, मकवानपुर, काठमाण्डौं, भक्तपुर र ललितपुरमा–१५ ट्रक राहत सामाग्री र थप पाल गोटा–२,५६०, बिभिन्न किसिमका राहत सामाग्री–३५,४७० के.जी., चाउचाउ–१,९७४ प्याकेट, चिउरा बोरा–२६७, ब्ल्यांकेट गोटा–४०, म्याट गोटा–५६, बिस्कुट कार्टुन–३११, कपडा बोरा–३, नुन बोरा–१७, चिनी बोरा–८ र चामल बोरा–२३८ प्रभाबित ईलाकामा पु¥याएको छ । यसैगरि आजै उपत्यका पृतनाका पृतनापति उपरथी श्री अनुज बहादुर बस्न्यातले तारकेश्वर न.पा.        वडा नं.१३ धर्मस्थलीका भुकम्प पिडित स्थानीय बासिन्दाहरुलाई ७० थान पाल बितरण गर्नु भएको छ । 

५. आज महाबिर गण (रेन्जर) को Disaster Assesment & Response Team -DART_ ले रसुवा जिल्लाको लाङटाङमा भुकम्पपश्चात् गएको पहिरोबाट पुरीएका स्थानिय बासिन्दा–३४, जर्मन नागरिक–१, इटालियन नागरिक–२, मलेसियन नागरिक–१, परिचय नखुलेको बिदेशी नागरिक–२, गाईड–१ र नेपाली सेनाको–१ सहित गरि जम्मा ४२ वटा शब उत्खनन गरि निकालेकोे छ । यसै गरी नेपाली सेनाले गोंगबुबाट—३, महाबौद्धबाट—१  र भारतीय सेना सहितको संयुक्त फौजले बिजेश्वरीबाट—१ गरि          जम्मा ५ जनाको शब समेत भग्नावशेषबाट उत्खनन गरि निकालेकोे छ । सोही क्रममा आजै सिन्धुपाल्चोक, दोलखा, धादिङ, गोरखा, ओखलढुंगा, रसुवा र सोलुखुम्बुबाट स्वदेशी ४४७ जना र ८० जना बिदेशी सहित गरि जम्मा ५२७ जना घाईते बिरामीहरुलाई उद्वार गरेको छ । 

६. नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले हेभी ईक्युपमेण्ट            (एक्साभेटर–२,  जे.सि.बि.–४ र ट्रक–१२) सहित वालाजु, बाइपास तथा औद्योगिक क्षेत्रको बाटो सुचारु गर्न तथा धरहरा, हनुमानढोका मन्दिर परिसर, दरबार हाईस्कुल, स्वयम्भु, पाटन कृष्ण मन्दिर ईलाका, र न्यातपोल भक्तपुर ईलाकामा तीब्र रुपमा खोज, उद्वार तथा भत्कीएका भग्नावशेषहरु हटाउने कार्यमा नेपाली सेना सक्रियताका साथ परिचालन भएको छ । त्यस्तै नेपाली सेनाले पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त बिभिन्न टोलीहरुलाई अहोरात्र खटाईएको छ ।  
७. नेपाली सेनाको मेडिकल टिम सहित अन्य मित्रराष्ट्रहरुका मेडिकल टिमले लगनखेल, सल्लाघारी, पांचखाल, धुलिखेल, सिंहदरबार, सिनामंगल, गोरखाबजार, गोरखा वारपाक, हनुमानढोका, टुडीखेल, बिदुर न.पा., नुवाकोट, बुङ्गमती, गोकर्ण, किर्तिपुर, सिन्धुपाल्चोक जलबिरे ईलाकाहरुमा घाईतेहरुलाई उपचार सेवा प्रदान गरेको छ भने कालीमाटी, शोभाभगवती, छाउनी, गोमती ईलाकाहरुमा नेपाली सेना तथा चिनिया मेडिकल टिमको ६ वटा टोलीहरुले काठमाण्डौं उपत्यकाबासीहरुको स्वास्थ्यमा संक्रमण हुन नदिने कार्यक्रम सहित खट्टिरहेको छ । त्यस्तै नेपाली सेनाले हालसम्म श्री वीरेन्द्र सैनिक अस्पतालमा भुकम्प पिडित घाईते बिरामीहरु जम्मा ९३८ जनालाई उपचार गरि सकेको, १२९ जनालाई अपरेशन गरेको र २४८ जनालाई  हेलिकप्टरबाट ईभ्याकुयशन गरि वीरेन्द्र अस्पतालमा उपचारको निमित्त ल्याईएको थियो । 

८. नेपाली सेनाले आज दिनभरिमा उपत्यकाका बिभिन्न ३८ वटा केन्द्रहरुमा १६ वटा पानी ट्यांकरद्वारा ३,११,००० लिटर खानेपानी वितरण गरेकोे छ । आज मिति २०७२ वैशाख १९ गते मित्रराष्ट्र ओमनबाट ओमन पुलिस सर्च एण्ड रेस्क्यू टिम, ईण्डोनेशियाबाट सिभिलियन, आर्मी सहित ३.७ टन खाद्यन्न, पानी तथा व्लाङकेट र १२.५ टन राहत सामाग्री, चीनबाट २ जना रेस्क्यू टिम सहित २०.१३ टन मेडिकल आईटम, १७० टेण्ट र २०,६०० के.जी. ग्लास आईटम, युक्रेनबाट १३,६९० के.जी. रेडक्रसको सामान, पाकिस्तानबाट ७ जना नेपाली स्वयं सेवक सहित ६०० टेण्ट, ४ टन मेडिकल आईटम र ३२० के.जी. ड्राई राशन तथा अल्जेरियाबाट ८ वटा कुकुर र ५ टन लजिष्टिक सामाग्रीहरु नेपाल आईपुगेको छ । 

९. नेपाली सेनाले उपत्यका भित्र–९ र उपत्यका बाहिर–१ गरि जम्मा–१० वटा शिबिरहरुमा जम्मा २५,१०० जनालाई मिति २०७२ बैशाख १२ गते गएको महाभुकम्पबाट आन्तरिक रुपमा बिस्थापित भएकाहरुलाई अस्थायी शिबिर बनाई राखेको छ । उक्त अस्थायी शिबिरमा बिभिन्न किसिमका ६४२ गोटा पालहरु टांगी आश्रय दिई राखिदैं आएको छ । 

१०. नेपाली सेनाले अन्तराष्ट्रिय समुदाय, बिभिन्न संघ संस्था तथा मित्रराष्ट्रहरुबाट आएका राहत सामग्रीहरुलाई नेपाली सेना स्वयमले बितरण गर्ने नभई  नेपाली सेनाले लोड अनलोड गर्ने, भण्डारण गर्ने, प्रकोप पिडित ईलाकाहरुसम्म पु¥याउन हवाई साधन उपलब्ध गराउने, स्थलमार्गबाट लैजादा सुरक्षा प्रदान गर्ने र राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले निर्देशन गरे बमोजिममात्र आवश्यक परेको खण्डमा तोकिएको स्थानमा राहत सामाग्री बितरण गर्ने गरेको हुंदा सोही व्यहोरा सर्बसाधारण नेपाली जनताहरुलाई सुसूचित गराउनु हुन नेपाली सेना हार्दिक अनुरोध गर्दछ ।
११. समस्त जनताहरुमाथी आईपरेको यस राष्ट्रिय विपद्को कठिन घडीमा नेपाली सेनाको आप्mनो जनधनको क्षति भएतापनि यस किसिमको दुखद घडीमा कतिपनि बिचलित नभई देश र जनताप्रति समर्पित रही अनवरत रुपमा प्राप्त खबर अनुसार खोज, उद्वार, राहत कार्य, भग्नावशेष हटाउने एवंं राहत सामाग्री वितरण तथा औषधी उपचार कार्यको लागि अहोरात्र खट्टिरहेको छ र निरन्तर खट्टिरहने प्रतिबद्धता व्यक्त  गर्दछ ।