नेपाली सेनाद्वारा खोज, उद्धार, राहत तथा भग्नाबशेष हटाउने  कार्य जारी


१. मिति २०७२/१/१२ गतेको शक्तिशाली भूकम्पको साथै हिजो मध्यान्ह गएको शक्तिशाली भूकम्पबाट पुनः देशका विभिन्न स्थानहरुमा मानवीय तथा भौतीक क्षति भएको हुँदा स्थानीयस्तरमा विपद् व्यवस्थापनमा अपनाईने कार्यविधि अनुरुप जनताको जिउधनको सुरक्षार्थ प्रभावित स्थानहरुमा बृहत रुपमा फौजहरु परिचालन गरी खोज एवम् उद्धार कार्यलाई तिव्रता दिएको छ । त्यसैगरी नेपाली सेनाको हेलिकप्टरहरुबाट प्रभावित स्थानहरुको क्षतिको मुल्यांकन कार्य गरी प्राथमिकताका साथ घाईते बिरामी तथा भग्नावशेषहरुमा पुरिएका व्यक्तिहरुको उद्धार एवं उपचारको कार्य जारी राखेको छ । नेपाली सेनाले मित्रराष्ट्र तथा नेपाल सरकारका अन्य सुरक्षा निकायहरु एवं स्थानीय स्वयंसेवकहरुसंगको समन्वय तथा सहकार्यमा खोज तथा उद्धार कार्य गर्नमा बिशेष जोड दिएको छ । 
२. यसैक्रममा खोज, उद्धार तथा राहत पु¥याउने कार्यलाई समन्वयात्मक एवम् थप प्रभावकारी बनाउने सन्दर्भमा आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.सँग मित्रराष्ट्र चीनका Chengdu Military Medical Team, PLA, China का ३ जना र  ईण्डोनेशियाका Quick Team Response Unit, West Area, Indonesian Army (Medical)  का २ जनाको टोलीले जंगी अड्डा परिसरमा भेटघाट गर्नुभएको छ । भेटघाटको क्रममा प्रधानसेनापति श्री राणाले भुकम्प पिडीतहरुको लागि खोज, उद्धार र राहत सामाग्री बितरण गर्न तथा भुकम्प पीडितहरुको उपचार सेवा प्रदान गर्न हालसम्म नेपाली सेनाले गरिरहेको कार्यहरु र अपनाएको विधिबारे जानकारी गराईएकोे थियो ।  
३. आज नेपाली सेनाले हवाई साधनद्धारा भूकम्प प्रभावित गोरखा, सिन्धुपाल्चोक र दोलखा जिल्लाको विभिन्न स्थानमा गरी ४०४५ के.जी. खाद्यान्न र २९७० के.जी. राहत सामाग्री पु¥याएको छ भने सिन्धुपाल्चोक जिल्लाबाट ३ जना र रसुवा जिल्लाबाट १५ जना घाईते विरामीहरुको उद्धार गरेको छ । यसैगरी नेपाली सेनाले हवाई साधनद्धारा दोलखाबाट स्वदेशी नागरिक २७ जना, रसुवाबाट २१ जना तथा सिन्धुपाल्चोक जिल्लाबाट स्वदेशी नागरिक ४६ र विदेशी नागरिक १४ जनालाई उद्धार गरेको छ । 
४. नेपाली सेनाको मेडिकल टिमले आज सिन्धुपाल्चोक जिल्लाको चौतारा, रसुवा जिल्लाको धुन्चे ईलाका र दोलखा जिल्लाको चरिकोट ईलाकामा घुम्ती स्वास्थ्य शिविर संचालन गरेको छ । त्यसैगरी आज मित्रराष्ट्र जापानको मेडिकल टिमहरुले टुँडिखेल र भक्तपुरमा तथा भारतीय सेनाको मेडिकल टिमले दोलखा जिल्लाको चरिकोटमा घुम्ती स्वास्थ्य शिविर संचालन गरी भुकम्पबाट पीडित घाईते बिरामीहरुको उपचार गरिरहेको छ । २०७२ बैशाख ३० गतेसम्ममा बिभिन्न मित्रराष्ट्रहरुको सैनिक मेडिकल टोलीद्वारा २२,४९६ जनाको बिभिन्न स्थानहरुमा परिचालित भई उपचार गरिसकेका छन् । त्यस्तै नेपाली सेनाले श्री वीरेन्द्र सैनिक अस्पतालमा भुकम्प पिडीत घाईते बिरामीहरु गरी हालसम्म ११२९ जनालाई उपचार गरिसकेको, २८६ जनालाई अपरेशन गरेको र हालसम्म ३१३ जनालाई हेलिकप्टरबाट ईभ्याकूयशन गरि उपचारको निमित्त वीरेन्द्र अस्पतालमा ल्याईएको छ ।  
५. बैशाख १२ गते गएको महाभूकम्प र त्यसपश्चात गएका पराकम्पनको कारण पहिरो तथा हिमपहिरोमा परि रसुवा जिल्लाको लाङटाङ, केन्जिङ, घोडातवेला ईलाकामा ठुलो जनधनको क्षति भएको  छ । उक्त पहिरोले लाङटाङ राष्ट्रिय निकुन्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको पोष्ट समेत बगाएर १० जना सैनिकहरु बेपत्ता रहेका छन् । 
६. यसै क्रममा नेपाली सेना, मित्रराष्ट्रका भारत तथा चीनका खोज तथा उद्धार टोली लगायत नेपाल सरकारद्धारा चार्टर गरिएका हवाई साधनहरु (नेपाली सेनाको हवाई साधनबाट २५ उडान गरी स्वदेशी नागरिक २४८ र विदेशी नागरिक १४५ गरी जम्मा ३९३ जना, भारतीय सेनाको हवाई साधनबाट ५ उडान गरी स्वदेशी नागरिक ६८ जना, चीनियां सेनाले हवाई साधनबाट २ उडान गरी स्वदेशी नागरिक २३ जना र गैर सैनिक हवाई साधनबाट ९० उडान गरी स्वदेशी नागरिक २३९ जना र विदेशी नागरिक ३६० जना) ले जम्मा १२० उडान भरि नेपाली नागरिक ५७८ र बिदेशी नागरिक ३६० सहित जम्मा ९३८ जनाको उक्त ईलाकामा २०७२ बैशाख १३ गतेदेखि हालसम्म उक्त ईलाकामा स्थानिय बासिन्दाहरुको अनुरोधमा धुन्चे लगायत सुरक्षित स्थानहरुमा ल्याईएको र आजबाट  लाङटाङ ईलाकामा भईरहेको उद्धार कार्य पूर्णरुपमा सकिएको छ । उक्त ईलाकामा हालसम्म पनि हिमपहिरो तथा पहिरो जाने क्रम यथावत नै रहेको छ ।
७. यसैगरी भूकम्पको कारण पहिरो गई लामो समयदेखि अवरुद्ध रहेको पासाङ्ग ल्हामु राजमार्ग (त्रिशुली(रसुवागढी सडकखण्ड) को सडक खोल्ने कार्यमा नेपाली सेनाको ६० जना तथा चीनियां अर्ध सैनिक बलका १६० जना आवश्यक हेभी ईक्यूप्मेन्ट सहित संयुक्तरुपमा मिति २०७२ बैशाख २८ गतेबाट परिचालन भएको छ । उक्त संयुक्त टोलीले रसुवागढी नाकामा बाटो खुल्ला गरेको र अध्यागमन भवनको भग्नावशेष हटाउने कार्य समेत गरिरहेका छन् । साथै, रसुवा जिल्लामा गरिएको खोज तथा उद्धार कार्यमा नेपाली सेनाले मैलुङ ईलाकाबाट बैशाख २८ र २९ गते भुकम्प पश्चात् गएको पहिरोमा पुरिएकोे स्थानिय व्यक्ति एवं रोल्पाबाट त्रिशुली ३ए जलबिद्युत आयोजनामा काम गर्न आएका कामदारहरुसहित १९ जनाको शवहरु, रसुवागढीबाट ३ जनाको शवहरु र क्यान्जिङ्ग उपत्यका एवं लाङटाङ इलाकाबाट ११ विदेशी तथा १०५ नेपाली नागरिकहरु सहित जम्मा ११६ वटा शवहरु समेत निकालीएको थियो । 
८. यसैगरी हिजो बैशाख २९ गते गएको शक्तिशाली भूकम्पपश्चात् दोलखाको सुनखानीमा खोज तथा उद्धार कार्यको लागि गएको US Marine Corps  को हराईरहेको UH-1y Huey  हेलिकप्टरको खोजी कार्य जारीरहेको छ ।
९. नेपाली सेना समस्त देश र देशबासी माथि पुनः आईपरेको बिपत्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी जनताको जिउधनको सुरक्षार्थ कटिबद्ध एवं समर्पित रहेको बिश्वास दिलाउन चाहन्छ ।