नेपाली सेनाद्वारा उद्धार, राहत तथा भग्नाबशेष हटाउने  कार्य जारी

१. मिति २०७२÷१÷१२ गतेको शक्तिशाली भूकम्पको साथै बैशाख २९ गते मध्यान्ह गएको शक्तिशाली भूकम्पबाट पुनः देशका विभिन्न स्थानहरुमा मानवीय तथा भौतिक क्षति भएको हुँदा स्थानीयस्तरमा विपद् व्यवस्थापनमा अपनाईने कार्यविधि अनुरुप जनताको जिउधनको सुरक्षार्थ प्रभावित स्थानहरुमा बृहत रुपमा फौजहरु परिचालन गरी खोज एवम् उद्धार कार्यलाई तिव्रता दिएको छ । त्यसैगरी बैशाख २९ गते दोलखा तथा सिन्धुपाल्चोक जिल्लामा केन्द्रबिन्दु बनाई गएको शक्तिशाली भूकम्पबाट अति प्रभावित उक्त जिल्लाका विभिन्न स्थानहरुमा नेपाली सेनाको फौज परिचालन भई भग्नावशेषमा पुरिएका स्थानियहरुको खोजी तथा उद्धार गर्ने कार्यलाई समेत प्राथमिकतामा राखी क्रियाशिल रहेको छ । साथै, उक्त पछिल्लो भूकम्पबाट पीडित घाइते तथा बिरामीहरुलाई उपचारको निमित्त नेपाली सेना तथा मित्रराष्ट्रहरुको हवाई साधन एवम् मेडिकल टिमहरु समेत तत्काल परिचालन भएका छन् । 
२. आज सम्माननीय प्रधानमन्त्री श्री सुशिल कोईराला लगायत शीर्ष राजनीतिक दलका नेताहरुले भुकम्पबाट बढी प्रभावित सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको स्थलगत निरिक्षण भ्रमण गर्नु भएको छ । उक्त निरिक्षणको क्रममा प्रधानमन्त्री श्री कोईरालाले स्थानीयहरुसंग अन्तरक्रिया समेत गर्नु भएको थियो । साथै उक्त निरिक्षण भ्रमणमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को समेत सहभागीता रहेको थियो ।
३. यसैक्रममा खोज, उद्धार तथा राहत पु¥याउने कार्यलाई समन्वयात्मक एवम् थप प्रभावकारी बनाउने सन्दर्भमा आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.सँग मित्रराष्ट्र अमेरिकाको Assistant Secretary of State for South and Central Asian Affairs, Ms. Nisha Desai Biswalले जंगी अड्डा परिसरमा भेटघाट गर्नुभएको छ । भेटघाटको क्रममा प्रधानसेनापति श्री राणाले भुकम्प पिडीतहरुको लागि खोज, उद्धार र राहत सामाग्री बितरण गर्न तथा भुकम्प पीडितहरुको उपचार सेवा प्रदान गर्न हालसम्म नेपाली सेनाले गरिरहेको कार्यहरु र अपनाएको विधिबारे जानकारी गराईएकोे थियो । 
४. यसैगरी हिजो सैनिक श्रीमती संघले आप्mनै श्रोतबाट जुटाएको २० के.जी. को फेमली प्याक, त्रिपाल र कम्वल नेपाली सेनाको श्री फष्ट राईफल गणको संयोजकत्वमा नवलपरासी जिल्लाको वेलकोट गा.वि.स. वडा नं. ४ स्थित २६८ वटा घर र वडा नं. ५ स्थित ३१७ वटा घर गरी जम्मा ५८५ घर धुरीलाई राहत स्वरुप वितरण गरेको थियो । 
५. आज नेपाली सेनाले हवाई साधनद्धारा भूकम्प प्रभावित गोरखा, नुवाकोट, रामेछाप र सोलुखुम्बु जिल्लाको विभिन्न स्थानमा गरी ६१३० के.जी. खाद्यान्न र ७९६० के.जी. राहत सामाग्री पु¥याएको छ भने विभिन्न स्थानमा अलपत्र परेका गोरखा जिल्लाबाट ३७ जना स्वदेशी र २ जना विदेशी नागरिक तथा सोलुखुम्बु जिल्लाबाट ६ जना स्वदेशी र १८ जना विदेशी नागरिकलाई हवाई साधनद्धारा उद्धार गरेको छ । त्यसैगरी सिन्धुपाल्चोक जिल्लाबाट २ जना, दोलखा जिल्लाबाट २७ जना, रामेछाप जिल्लाबाट २ जना स्वदेशी नागरिकलाई उद्धार गरेको छ । आजै सिन्धुपाल्चोक जिल्लाबाट २५ जना घाईते विरामीहरुको सकुशल उद्धार गरिएको र ७ जनाको शव उत्खनन् गरिएको छ भने रसुवा जिल्लाबाट २ जनाको शव हवाई साधनद्धारा काठमाण्डौ ल्याईएको छ ।  त्यसैगरी हिजो रसुवागढी भन्सार कार्यालयबाट निकालिएको २ जनाको शव नेपाली सेनाको हेलिकप्टरद्धारा पोखरा लगि आफन्तलाई बुझाउने कार्य गरिएको छ ।
६. नेपाली सेनाको मेडिकल टिमले आज सिन्धुपाल्चोक जिल्लाको चौतारा, रसुवा जिल्लाको धुन्चे ईलाका र दोलखा जिल्लाको चरिकोट ईलाकामा घुम्ती स्वास्थ्य शिविर संचालन गरेको छ । त्यसैगरी आज मित्रराष्ट्र जापानको मेडिकल टिमले टुँडिखेल र भक्तपुरमा तथा नेपाली सेना र भारतीय सेनाको मेडिकल टिमले संयुक्तरुपमा दोलखा जिल्लाको चरिकोटमा एवम् मित्रराष्ट्र क्यानडाको मेडिकल टिमले सिन्धुपाल्चोक जिल्लाको सुकुटे ईलाकामा घुम्ती स्वास्थ्य शिविर संचालन गरी भुकम्पबाट पीडित घाईते बिरामीहरुको उपचार गरिरहेको छ । आज मिति २०७२ बैशाख ३१ गतेसम्ममा बिभिन्न मित्रराष्ट्रहरुको सैनिक मेडिकल टोलीद्वारा २३३३२ जनाको बिभिन्न स्थानहरुमा परिचालित भई उपचार गरिसकेका छन् । त्यस्तै नेपाली सेनाले श्री वीरेन्द्र सैनिक अस्पतालमा भुकम्प पिडीत घाईते बिरामीहरु गरी हालसम्म ११५७ जनालाई उपचार गरिसकेको, २८६ जनालाई अपरेशन गरेको र हालसम्म ३१३ जनालाई हेलिकप्टरबाट ईभ्याक्यूएशन गरि उपचारको निमित्त वीरेन्द्र अस्पतालमा ल्याईएको छ ।  
७. यसैगरी भूकम्पको कारण पहिरो गई लामो समयदेखि अवरुद्ध रहेको पासाङ्ग ल्हामु राजमार्ग (त्रिशुली(रसुवागढी सडकखण्ड) को सडक खोल्ने कार्यमा नेपाली सेना तथा चिनियां अर्ध सैनिक बलको संयुक्त टोलीले रसुवागढी नाकाबाट नेपालतर्पmको ४० मिटर अवरुद्ध सडकखण्ड खुलाउने कार्य सम्पन्न गरिसकेको छ । उक्त पासाङ्ग ल्हामु राजमार्गमा रहेका ५ वटा मुख्य पहिरो र १५ वटा स(साना पहिरोहरु हटाई अवरुद्ध बाटोलाई संचालनमा ल्याउन कम्तीमा १० दिन लाग्ने देखिएको छ । साथै उक्त बाटो खुलाउने कार्यको लागि १४ वटा हेभी ईक्युप्मेन्ट तातोपानी नाका हुंदै रसुवा जिल्लाको धुन्चे आईसकेको र ५ वटा हेभी इक्युप्मेन्ट धुन्चेमा आउने क्रममा रहेको छ । त्यसैगरी भूकम्पद्वारा क्षतिग्रस्त भई अवरुद्ध भएको गोरखा जिल्लाको वालुवा(बारपाक सडकखण्ड नेपाली सेनाको टोलीले सडक विभागसंगको समन्वयमा बैशाख ३० गतेदेखि खुलाई संचालनमा ल्याएको छ । 
८. त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले वालाजु, बसन्तपुर दरवार, पशुपतिनाथ मन्दिर, धरहरा, जगतनारायण मन्दिर, शिव मन्दिर, भक्तपुर दरवार, पाटन दरवार र बुङ्गमती लगायतका पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु हटाउने कार्यमा सक्रियताका साथ परिचालन भईरहेको  छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त अहोरात्र खट्टिरहेको छ ।  
९. यसैगरीे बैशाख २९ गते गएको शक्तिशाली भूकम्पपश्चात् दोलखाको सुनखानीमा खोज तथा उद्धार कार्यको लागि गएको US Marine Corpsको हराईरहेको UH-1Y Huey  हेलिकप्टरको व्यापक रुपमा खोजी कार्य आजपनि जारी रहेको छ । आज हवाई साधनहरुद्धारा गरिएको खोजी कार्यलाई भोली विहानसम्मको लागि स्थगित गरिएको छ भने उक्त खोजी कार्यको लागि गएको हवाई साधनहरुबाट फर्कने क्रममा पुनः दोलखा जिल्लामा गएको भूकम्पबाट घाइते भएका बिरामीहरुलाई उपचारको निमित्त काठमाण्डौ ल्याउने कार्य समेत गरेको छ । साथै, अन्य हवाई साधनहरुबाट नियमित रुपमा भूकम्प पीडितहरुको उद्धार तथा राहत कार्यको लागि परिचालित भई राखेको छ । त्यसैगरी हराईरहेको अमेरिकन हेलिकप्टरको खोजी कार्यको लागि समेत परिचालित पैदली फौजद्धारा खोजी कार्यलाई निरन्तरता दिई राखेको छ ।   
१०. नेपाली सेना समस्त देश र देशबासी माथि पुनः आईपरेको बिपत्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी जनताको जिउधनको सुरक्षार्थ कटिबद्ध एवं समर्पित रहेको बिश्वास दिलाउन चाहन्छ ।