अमेरिकी सेनाको UH-1Y Huey  हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको

१. मिति २०७२÷०१÷२९ गते दोलखाको सुनखानीमा खोज तथा उद्धार कार्यको लागि गएको U.S. Marine Corps  को UH-1Y Huey हेलिकप्टर सोही दिन दिउँसोबाट हराईरहेकोमा आज मिति २०७२।०२।०१ गते सिन्धुपाल्चोक जिल्लाको घोर्थली गा.वि.स. मा नेपाली सेनाको पैदली फौजले दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ ।  
२. उक्त हेलिकप्टर खोजी कार्यको लागि परिचालित नेपाली सेनाको पैदली फौजले जानकारी दिएपश्चात् तत्काल नेपाली सेनाको लान्सर र इक्युरेल हेलिकप्टरद्धारा आज कालिन्चोक डांडाको उत्तरपूर्वी दिशातर्फ अनुमानित ११,२०० फिटको उचाईमा अवस्थित सिन्धुपाल्चोक जिल्लाको घोर्थली गा.वि.स. मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।  
३. साथै, उक्त दुर्घटनाग्रस्त ईलाकामा नेपाली सेनाको पैदली फौज र मौसम अनुकुल भएमा हवाई साधन पुगेर बिस्तृतमा घटनाको विवरण प्राप्त भए पश्चात यथासिघ्र सम्पूर्णलाई जानकारी गराइनेछ ।