US Marine Corps को  UH-1Y Huey हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पारिएको


१. मिति २०७२ बैशाख २९ गते गएको बिनाशकारी भूकम्प पश्चात् राहत कार्यको लागि १३३० बजे काठमाण्डौबाट चरिकोट गएको अमेरिकन Marine UH-1Y Huey हेलिकप्टरमा नेपाली सेनाका २ र अमेरिकी सेनाका ६ गरी कुल ८ जना सैनिक व्यक्तिहरु रहेका थिए । 
२. सोही दिनको १६४५ बजे अमेरिकन सेनाको सम्पर्क अधिकृतले नेपाली सेनाको सम्पर्क अधिकृतलाई एयर ट्राफिक कन्टेल मार्पmत उक्त हेलिकप्टरसंग सम्पर्कको लागि अनुरोध गरेको थियो । तर हाम्रो एयर ट्राफिक कन्ट्रोलले उक्त हेलिकप्टरसंग सम्पर्क स्थापित गर्न सकेन । त्यसपछि उक्त हेलिकप्टरलाई खोजी गर्ने कार्यको शुरुवात भएको थियो । त्यसको लागि नेपाली सेना, भारतीय वायु सेनाको हवाई साधनहरु लगायत अमेरिक V22 Osprey विमान समेत खोजी कार्यको लागि परिचालन भएको थियो । साथै खोजी कार्यको लागि नेपाली सेनाको थप ४०० पैदली फौजसंगै Disaster Assessment and Response Team (DART) र बिशेष फौज समेत संभावित ईलाकाहरुमा खोजी कार्यको लागि परिचालित गरिएको थियो । उक्त खोजी कार्यमा खटिएको फौजले तामाकोशी नदीदेखि दक्षिणतर्पm कोशी व्यारेजसम्मको ईलाकासम्म खोजी गरेको थियो । 
३. त्यसको भोलीपल्ट बैशाख ३० गते बिहानै देखि उक्त हराएको हेलिकप्टरको खोजी कार्यको लागि नेपाली सेना, भारतीय वायु सेना तथा अमेरिकी सेनाको हवाई साधनहरुद्धारा समन्वयात्मक रुपबाट दोलखा, सिन्धुपाल्चोक, रामेछाप  सहित नजिकका अन्य संभावित ईलाकाहरुमा समेत खोजी कार्य संचालन गरिएको थियो । उक्त खोजी कार्यको लाथि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय प्रशासनहरुले पनि खोजी तथा खबर संकलनमा भरमग्दुर प्रयास गरेका थिए । त्यसैगरी स्थानिय जनताहरुले पनि खोजी कार्यमा  खबरहरु प्रदान गरी सहयोग गरेको र प्राप्त खबर तथा संकेतहरुलाई बिशेष प्रविधियुक्त अमेरिकन हवाई साधनहरुले खोजी कार्यको निमित्त बिशेष ध्यान पु¥याई सो को उपयोग गरी खोजी कार्यलाई निरन्तरता दिईएको थियो । 

४. अन्य भूकम्पबाट प्रभावित क्षेत्रहरुमा नियमित रुपमा गरिने खोज, उद्धार तथा राहत कार्यलाई कुनैपनि किसिमको असर नपर्ने गरी उक्त हराईरहेको अमेरिकी हेलिकप्टरको खोजी कार्य संचालन गरिएको थियो ।   

५. आज २०७२ जेष्ठ १ गते स्थानियहरुको सूचनाको आधारमा उक्त हेलिकप्टर सिन्धुपाल्चोक र दोलखाको सिमानामा पर्ने कालिकन्चोक डांडाको उत्तरपूर्वी दिशातर्फ अनुमानित ११,२०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।  हाल नेपाली सेना र US Marine Team  ले उक्त हेलिकप्टर पहिचान गरी नेपाली सेनाको एक टुकडीले उक्त दुर्घटनाग्रस्त ईलाकालाई सुरक्षा प्रदान गरिरहेको छ । त्यसैगरी मौसमले साथ दिएमा छिट्टै बिस्तृत अनुसन्धानको कार्य प्रारम्भ गरी प्रतिवेदन पेश गरिनेछ ।  हाल यो अनुसन्धान प्रारम्भिक तहमा रहेको र अनुसन्धान जारी रहेको छ ।