अमेरिकी हेलिकप्टरको अपडेट

१. मिति २०७२।०२।०१ गतेको १३५० बजे  U.S. Marine Corps को  UH-1Y Huey  हेलिकप्टर घोर्थली गा.वि.स.को अनुमानित ११,२०० फिट उचाईमा रहेको बिकट तथा अफ्ठयारो ईलाकामा दुर्घटनाग्रस्त भई सम्पुर्ण पार्ट पुर्जाहरु छरिएर रहेको अवस्थामा फेला पारेको छ । 
२. उक्त दुर्घटनाग्रस्त हेलिकप्टरमा पहिचान खुल्न नसकीने अवस्थामा रहेका नेपाली सेनाका २ र अमेरिकी सेनाका ६ गरी कुल ८ जना सैनिक व्यक्तिहरुको शव फेला पारेको छ । 
३. हाल नेपाली सेना र US Marine Team उक्त दुर्घटनाग्रस्त ईलाकामा तैनाथ छ । साथै अनुसन्धानको कार्य जारी रहेको छ ।