नेपाली सेनाद्वारा उद्धार, राहत, भग्नाबशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य जारी

१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ ३ गते पनि प्राथमिकताका साथ खोज, उद्धार, राहत पु¥याउने, भग्नाबशेष हटाउने एवम् भूकम्पबाट अवरुद्ध सडक खुलाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्न महत्वपूर्ण योगदान दिंदै आईरहेको छ ।
२. यसैक्रममा उद्धार तथा राहत कार्यलाई समन्वयात्मक एवम् थप प्रभावकारी बनाउने सन्दर्भमा आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग व्यवस्थापिका संसदका सम्माननीय सभामुख श्री सुवास चन्द्र नेम्वाङ सहित माननीय सभासदहरुको टोलीले जंगी अड्डा परिसरमा भेटवार्ता गर्नु भएको छ । सोही क्रममा वहांहरुलाई भुकम्प पिडीतहरुको लागि खोज, उद्धार तथा राहत सामाग्री बितरण गर्न हालसम्म नेपाली सेनाले विशेष महत्व दिई गरिरहेको कार्यहरु र अपनाएको विधिबारे जानकारी गराईएको एवम् नेपाली सेनाले समन्वयात्मक ढांचामा अपनाएको विपद व्यवस्थापन प्रणालीको सम्बन्धमा जंगी अड्डा परिसरमा प्रत्यक्ष अवलोकन समेत गराईएको थियो ।
३. यसैगरी आज सैनिक श्रीमती संघले आप्mनै श्रोतबाट जुटाएको चामल ३०० प्याक, दाल ३०० प्याक, नुन ३०० प्याक, बिस्कुट ३०० प्याक, त्रिपाल ५० गोटा, मिनिरल वाटर ६०० बोतल, बच्चा केक २०० गोटा, डाईपर ३०० गोटा, चाउचाउ २५० प्याक, माक्स २५० गोटा, सेनिटरी नेप्किन १ बोरा काठमाण्डौ जिल्ला शंखरापुुुर नगरपालिका वडा नं. १ र २ का स्थानिय भुकम्प पीडितहरुलाई राहत स्वरुप वितरण गरेको छ । 
४. आज नेपाली सेनाले हवाई साधनद्धारा भूकम्प प्रभावित गोरखा, रामेछाप, रसुवा, सोलुखुम्बु, धादिङ्ग जिल्लाको विभिन्न स्थानहरुमा गरी ८,२५० के.जी. खाद्यान्न र २,५५० के.जी. राहत सामाग्री पु¥याएको छ । त्यसैगरी भूकम्पको कारण विभिन्न स्थानमा स्थलमार्ग अवरुद्ध भई अलपत्र परेका गोरखा जिल्लाबाट १४ जना, रामेछाप जिल्लाबाट ७ जना, सोलुखुम्बु जिल्लाबाट ४ जना स्वदेशी नागरिक तथा धादिङ जिल्लाबाट ३० जना स्वदेशी र ५ जना विदेशी नागरिकलाई हवाई साधनद्वारा उद्धार गरेको छ ।
५. नेपाली सेनाको मेडिकल टिमले आज सिन्धुपाल्चोक जिल्लाको चौतारा र रसुवा जिल्लाको धुन्चे ईलाकामा घुम्ती स्वास्थ्य शिविर संचालन गरेको छ । त्यसैगरी आज मित्रराष्ट्र जापानको मेडिकल टिमले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, काठमाण्डौंको  टुँडिखेल र भक्तपुरमा तथा नेपाली सेना र भारतीय सेनाको मेडिकल टिमले संयुक्तरुपमा दोलखा जिल्लाको चरिकोटमा एवम् मित्रराष्ट्र क्यानाडाको मेडिकल टिमले सिन्धुपाल्चोक जिल्लाको सुकुटे ईलाकामा घुम्ती स्वास्थ्य शिविर संचालन गरी भुकम्पबाट पीडित घाईते बिरामीहरुको उपचार गरिरहेको छ । मिति २०७२ जेष्ठ ३ गतेसम्ममा बिभिन्न मित्रराष्ट्रहरुको सैनिक मेडिकल टोलीहरुद्वारा २४,६६१ जनाको बिभिन्न स्थानहरुमा परिचालित भई उपचार गरिसकेका छन् ।
६. नेपाली सेनाले मिति २०७२ बैशाख १२ गतेदेखि हालसम्म श्री वीरेन्द्र सैनिक अस्पतालमा भुकम्प पिडीत घाईते बिरामीहरु गरी ११९४ जनालाई उपचार गरिसकेको, ३०५ जनालाई अपरेशन गरिसकेको र ३१३ जनालाई हेलिकप्टरबाट ईभ्याक्यूएशन गरि उपचारको निमित्त वीरेन्द्र अस्पतालमा ल्याएको छ । नेपाली सेनाले आजपनि उपत्यकाका बिभिन्न स्थानहरुमा पानी ट्यांकरहरुद्वारा खानेपानी वितरण कार्य जारी राखेको छ भने हालसम्म ५५ लाख ७० हजार लिटर खानेपानी वितरण गरिसकेको छ ।  
७. त्यसैगरी आज पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले भिमसेन दरबार, त्रिपुरेश्वरस्थित नारायण मन्दिर र शिव मन्दिर, शंखमूलस्थित जगतनारायण मन्दिर, पाटनस्थित भुःक्षे घर, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, भक्तपुरस्थित फसिदेवल क्षेत्र र बालाखु मन्दिर, ईन्द्रायणी मन्दिर एवं चाँगुनारायण मन्दिर पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु हटाउने कार्यमा सक्रियताका साथ परिचालन भईरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ । त्यस्तै नेपाली सेनाको विभिन्न टोलीहरुले प्राथमिकताका साथ भूकम्पबाट जोखिममा रहेका घरहरुलाई हटाउंदै सर्वसाधारण जनताको सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई समेत निरन्तरता दिईरहेका छन् । 
८. मिति २०७२ बैशाख २९ गते गएको भूकम्पको कारण अवरुद्ध रहेको बाह्रविसे(तातोपानी ३१ कि.मि. सडकखण्ड खुलाउन कार्यरत मित्रराष्ट्र चीनको People"s Armed Police Force को  Road Repair And Rescue Team  ले आज मिति २०७२ जेष्ठ ३ गते सडकखण्ड खुलाउने कार्य सम्पन्न गरेको छ । आजै उक्त सडकखण्डको मित्रराष्ट्र चीनका टास्क फोर्स कमाण्डर Major General Fu Ling र नेपाली सेनाको नं. २६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री आश्विन कुमार थापाको समुपस्थितिमा एक समारोहबीच अवरुद्ध सडक खुल्ला गरी आमजनमानसको दैनिकी समान्यीकरण गर्ने महत्वपूर्ण योगदान दिएको छ । सोही क्रममा मित्रराष्ट्र चीनको टास्क फोर्सले बाह्रबिसे गा.वि.स. वडा नं. ८ खुर्सानीबारी ईलाकाका करिव ५० जना स्थानिय भूकम्प पीडितहरुलाई राहत सामाग्री स्वरुप केक, चाउचाउ, बिस्कुट र चामल समेत बितरण गरेका  छन् । 
९. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउनेतर्पm अग्रसर भई अहोरात्र खट्टिईरहनेमा नेपाली सेना सबैमा विश्वास दिलाउन चाहन्छ ।