मानार्थ उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मानार्थ उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी श्री ताजमानसिंह बस्न्यातलाई आज मिति २०७२  जेष्ठ ३ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाकोे दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । 

२. सैनिक सेवा नियमावली २०६९ मा व्यवस्था भए अनुसार नेपाली सेनाका साधारणतर्पmका सहायक रथी ताजमानसिंह बस्न्यातले संस्थाप्रति पु¥याउनु भएको विशेष योगदान, संस्थाप्रतिको आस्था तथा ईमान्दारीताको आधारमा सिफारिस भए अनुसार नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७२ वैशाख ३१ गते बसेको बैठकको निर्णय बमोजिम वहाँलाई मानार्थ उपरथी दर्जाकोे दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।