नेपाली सेनाद्वारा उद्धार, राहत, भग्नाबशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य जारी

१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ ४ गते पनि प्राथमिकताका साथ खोज, उद्धार, राहत पु¥याउने, भग्नाबशेष हटाउने एवम् भूकम्पबाट अवरुद्ध सडक खुलाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्न महत्वपूर्ण योगदान दिंदै आईरहेको छ ।

२. यसैक्रममा उद्धार तथा राहत कार्यलाई समन्वयात्मक एवम् थप प्रभावकारी बनाउने सन्दर्भमा आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग मित्रराष्ट्र अमेरिकाको III Marine Expeditionary Force (MEF) का Commanding General, Lt Gen John E. Wissler  ले जंगी अड्डामा भेटघाट गर्नु भएको छ । आजै मित्रराष्ट्र भुटानको मेडिकल टिमका ३ जना र मित्रराष्ट्र जापानका मेडिकल टिमका ४ जनाको टोलीले संयुक्त रुपमा जंगी अड्डा परिसरमा भेटघाट गरेको छ । सोहि क्रममा प्रधानसेनापति श्री राणाले नेपालीहरु माथी आईपरेको यस राष्ट्रिय विपद्को कठिन घडीमा मित्रराष्ट्रहरुको विभिन्न टोलीहरु आई नेपाली सेनासंग संयुक्त रुपमा खोज, उद्वार, राहत तथा घाईतेहरुको उपचार सेवामा पु¥याएको अतूलनीय सहयोगको प्रशंसा गर्दै उहाँहरुलाई धन्यवाद समेत ज्ञापन गर्र्नु भएको थियो ।  

३. आज नेपाली सेनाले हवाई साधनद्धारा भूकम्प प्रभावित धादिङ्ग र दोलखा जिल्लाको विभिन्न स्थानहरुमा ७,२५० के.जी. खाद्यान्न र ३,१५० के.जी. राहत सामाग्री पु¥याएको छ । त्यसैगरी भूकम्पको कारण विभिन्न स्थानमा स्थलमार्ग अवरुद्ध भई अलपत्र परेका दोलखा जिल्लाबाट ८ जना र धादिङ्ग जिल्लाबाट १८ जना स्वदेशी नागरिकहरुलाई हवाई साधनद्वारा उद्धार गरेको छ । त्यसैगरी मिति २०७२÷०२÷०३ गते भारतीय बायुसेनाको हवाई साधनद्धारा पोखराबाट ४८०० के.जी. राहत सामाग्री बिभिन्न स्थानहरुमा ढुवानी गरेको छ । 

४. नेपाली सेनाको मेडिकल टिमले आज सिन्धुपाल्चोक जिल्लाको चौतारा र घोर्थली, रामेछाप जिल्लाको चुचुरे गा.बि.स., रसुवा जिल्लाको धुन्चेमा घुम्ती स्वास्थ्य शिविर संचालन गरेको छ । नेपाली सेना र भारतीय सेनाको मेडिकल टिमले संयुक्त रुपमा दोलखा जिल्लाको चरिकोटमा घुम्ती स्वास्थ्य शिविर तथा भारत, क्यानडा र जापानको संयुक्त टोलीले सिनामंगल, सुकुटे र टुंडिखेलमा फिल्ड अस्पताल संचालन गरी भुकम्पबाट पिडीत घाईते बिरामीहरुको उपचार गरिरहेको छ । मिति २०७२ जेष्ठ ३ गतेसम्ममा बिभिन्न मित्रराष्ट्रहरुको सैनिक मेडिकल टोलीहरुद्वारा २४,८२० जनाको बिभिन्न स्थानहरुमा परिचालित भई उपचार गरिसकेका छन् । साथै मित्रराष्ट्र चीनको महामारी नियन्त्रण टोलीले काठमाण्डौं जिल्लाका बिभिन्न स्थानहरुमा महामारी नियन्त्रण, खतरा मुल्यांकन र पानी निर्मलीकरण कार्यक्रम संचालन गरेको छ । नेपाली सेनाले मिति २०७२ बैशाख १२ गतेदेखि हालसम्म श्री वीरेन्द्र सैनिक अस्पतालमा भुकम्प पिडीत घाईते बिरामीहरु गरी १२०६ जनालाई उपचार गरिसकेको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २९ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा २,७४,००० लिटर खानेपानी वितरण गरेको छ ।  

५. आज नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले बैशाख १२ गतेको शक्तिशाली भूकम्पबाट बुङ्गमतीस्थित रातो मछिन्द्रनाथको मन्दिर भत्किई भग्नावशेषमा पुरिई हराईरहेको रातो मछिन्द्रनाथको भोटो राखेको सेफ लगातारकोे प्रयास पछि आज उत्खनन् गरि फेला पारेको छ । उक्त सेफ माननीय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिपक चन्द्र अमात्यको समुपस्थितिमा पुरातत्व विभागका प्रमुख, नेपाली सेनाको आर्टिलरी निर्देशनालयका निर्देशक सहायक रथी गंगा बहादुर गुरुङ्ग, भग्नावशेष ब्यवस्थापन संयुक्त कार्यदल (अल्फा) का सहायक रथी देव कुमार सुवेदी, सहायक रथी उद्धव विष्ट तथा राजदल गणका गणपति, सशस्त्र प्रहरी बलका नायब महानिरिक्षक एवम् रातो मछिन्द्रनाथ गुठी संस्थानका कर्मचारीहरुको रोहवरमा उक्त सेफ खोली भित्र रहेको भोटो राखिएको थैलो सिल्ड अवस्थामा एकिन गरि उक्त गुठी संस्थानलाई बुझाएको छ । 

६. त्यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले पशुपतिनाथ विश्वरुपा मन्दिर, भिमसेन दरबार, नारायण मन्दिर, शिव मन्दिर, जगत नारायण, पाटन भु.क्षे., बुङ्गमती मन्दिर, भक्तपुर फसिदेवल र बालाखु मन्दिर, चागुँनारायण मन्दिर र ईन्द्रेणी ईलाकाको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थित गर्ने एवम् भग्नावशेषमा पुरिएका मुर्ति तथा विभिन्न पुरातात्विक महत्वका बस्तुहरुको खोजि गरि सम्बन्धितलाई बुझाउने कार्यमा सक्रियताका साथ परिचालन भईरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ । 

७. त्यस्तै नेपाली सेनाको विभिन्न टोलीहरुले प्राथमिकताका साथ भूकम्पबाट जोखिममा रहेका घरहरुलाई हटाउंदै सर्वसाधारण जनताको सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई समेत निरन्तरता दिईरहेका छन् । सोहि क्रममा हिजो जेष्ठ ३ गते नेपाली सेनाको विभिन्न टोलीहरुले काठमाडौं जिल्ला (गोंगबु, स्वयम्भु, बल्खु, साँखु, टोखा बुढानिलकण्ठ, किर्तिपुर चन्द्रगिरी र नार्गाजुन न.पा., कालोपुल) मा कच्ची घर २ र पक्की घर ६ गरि जम्मा ८ वटा, ललितपुर जिल्ला (गुइटेल, लुभु, गोदावरी र बुङ्गमति) मा कच्ची घर १० र पक्की घर १ गरि जम्मा ११ वटा तथा भक्तपुर जिल्ला   (गछे, बालकोट, दुवाकोट, झौखेल, ताथली) मा कच्ची घर ११ तथा पक्की घर २ गरि जम्मा १३ वटा जोखिमयुक्त घरहरु हटाएको छ ।

८. बिनाशकारी भूकम्पको कारण अवरुद्ध रहेको बिभिन्न सडक खण्डहरु खुलाउने क्रममा आज मिति २०७२÷०२÷०४ गते मित्रराष्ट्र भारतको Combat इन्जिनियर  टोलीले भक्तपुर ईलाकामा ३०० मिटर बाटो खोलेको, मित्रराष्ट्र क्यानडाको DART टोलीले सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा पहिरो हटाएको र साँखुमा १२५ मिटरको बाटो खोलेको तथा मित्रराष्ट्र चीनको इन्जिनियर  टोलीले केरुङ्ग–रसुवागढी सडक खण्डमा ३ वटा चट्टान फुटाउनुको साथै लिङ्गलिङ्गको पहिरो हटाउने कार्य सम्पन्न गरेको छ ।

९. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउनेतर्पm अग्रसर भई अहोरात्र खट्टिईरहनेमा नेपाली सेना सबैमा विश्वास दिलाउन चाहन्छ ।