संयुक्त प्रेश कन्फरेन्स सम्पन्न

१. आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र नेपालका लागि अमेरिकी महामहिम राजदुत Peter W. Bodde तथा मित्रराष्ट्र अमेरिकाको III Marine Expeditionary Force (MEF) sf Commanding General, Lt Gen John E. Wissler  को समुपस्थितिमा US Marine Corps  ले भूकम्प पीडितहरुको लागि गरेको खोज, उद्धार, राहत तथा उपचार कार्य समापन भएको सम्बन्धमा जंगी अड्डामा संयुक्त प्रेश कन्फरेन्स आयोजना गरिएको थियो ।

२. प्रेश कन्फरेन्सको दौरान सम्बोधन गर्ने क्रममा प्रधानसेनापति श्री राणाले २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्प गए लगत्तै First Responder को रुपमा रहेको नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रभावकारी रुपमा परिचालित भई खोज, उद्धार एवम् राहत कार्यमा परिचालित भई गत ३ हप्ता देखि लगातार रुपमा आमजनमानसको दैनिकीलाई सामान्यीकरण गर्न अहोरात्र खट्टिरहेको तथा देश र देशवासीलाई परेको यस कठिन विपद्को घडीमा मित्रराष्ट्र तथा मित्रराष्ट्रको सेनाहरुबाट भएको सहयोगको प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो । त्यस्तै प्रधानसेनापति श्री राणाले US Marine Corps  ले खोज, उद्वार, राहत तथा घाईतेहरुको उपचार सेवामा पु¥याएको अतूलनीय सहयोगको प्रशंसा गर्दै उहाँहरुलाई धन्यवाद ज्ञापन गर्र्नु भएको थियो भने नेपाली सेनाको २ जना तथा US Marine Corps  को ६ जना सैनिकहरु कर्तव्यपालनाको दौरान दिवंगत हुनु भएकोमा मृतात्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारहरुप्रति हार्दिक समवेदना समेत प्रकट गर्नु भएको थियो । 

३. उक्त संयुक्त प्रेश कन्फरेन्समा महामहिम राजदुत Peter W. Bodde ले ६० बर्षदेखि रहंदै आएको सहयोग संकटको बेला अझ प्रभावका।री रुपमा गर्न पाउंदा खुशी लागेको बताउनु भएको छ । भूकम्पले क्षति पु¥याएको ठाउंहरुमा नेपाली सेना र नेपाल सरकारको समन्वयमा अमेरिकन सेनाले हामी नेपालसंगै छौं भन्ने भावका साथ कार्य गरेको बताउनु भएको छ । सो अवसरमा वहांले उद्धारका क्रममा दुर्घटनामा परी दिवंगत हुनु भएका ६ US Marines को खोज र उद्धारको लागि सहयोग पु¥याएकोमा नेपाल र भारत प्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो । त्यसैगरी भूकम्पले अति प्रभावित क्षेत्रहरुमा उद्धारको संगसंगै मेडिकल टिम, सरसफाई र शुद्ध खानेपानी लगायत हजारौं किलो राहत सामाग्री उपलव्ध गराईएको बताउनु भयो । यसैगरी नेपालप्रति अमेरिकी सरकारको थप सहयोग निरन्तर जारी रहने समेत बताउनु भएको छ ।  

४. सोही अवसरमा III Marine Expeditionary Force (MEF) का Commanding General, Lt Gen John E. Wissler  ले पनि नेपालमा परेको यस दुखद घडीमा आप्mनो घर परिवार गुमाउनु परेकोमा सम्पूर्ण नेपाली जनताप्रति र कामको सिलसिलामा भएको हेलिकप्टर दुर्घटनामा दिवंगत हुनु भएका नेपाली सैनिकका २ एवम् US Marine Corpsका ६ सैनिकहरु प्रति हार्दिक समवेदना प्रकट गर्नु भएको थियो । साथै वहांले नेपाली सेना, USAID र अन्तर्राष्ट्रिय समुदायसंग संयुक्त रुपमा काम गर्न पाउंदा ज्यादै गौरवान्वित भएको र Joint Task Force 505 Marine Expeditionary Force  ले आफ्नो कार्य समाप्त गरी स्वदेश फिर्ता भएतापनि नेपालको पक्षमा सदैव सहयोगको लागि तयार रहने भन्ने कुरा व्यक्त गर्नु भएको थियो । 

५. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु र स्वदेशी एवम् विदेशी पत्रकारहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

६. नेपाल र नेपालीलाई परेको यस कठिन घडीमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाबाट प्राप्त भएको अतुलनिय सहयोग र प्रतिबद्धताबाट लामो समयदेखि रही आएको द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।