नेपाली सेनाद्वारा उद्धार, राहत, भग्नाबशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य जारी


१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ ५ गते पनि प्राथमिकताका साथ खोज, उद्धार, राहत पु¥याउने, भग्नाबशेष हटाउने एवम् भूकम्पबाट अवरुद्ध सडक खुलाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्न महत्वपूर्ण योगदान दिंदै आईरहेको छ ।

२. यसैक्रममा उद्धार तथा राहत कार्यलाई समन्वयात्मक एवम् थप प्रभावकारी बनाउने सन्दर्भमा आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग नेपालका लागि अमेरिकन महामहिम राजदुत Peter W. Bodde र मित्रराष्ट्र अमेरिकाको III Marine Expeditionary Force (MEF) का Commanding General, Lt Gen John E. Wissler  ले जंगी अड्डामा भेटघाट गर्नु भएको छ । सोहि क्रममा प्रधानसेनापति श्री राणाले नेपालीहरु माथी आईपरेको यस राष्ट्रिय विपद्को कठिन घडीमा मित्रराष्ट्र अमेरिकाबाट आई नेपाली सेनासंग संयुक्त रुपमा खोज, उद्वार, राहत तथा घाईतेहरुको उपचार सेवामा पु¥याएको अतूलनीय सहयोगको प्रशंसा गर्दै उहाँहरुलाई धन्यवाद समेत ज्ञापन गर्र्नु भएको थियो ।  

३. आजै एक समारोहबीच जंगी अड्डा परिसरमा नेपाली सेनालाई पद्मश्री कम्पनीका ऋभ्इ रोहिणी थपलियाले भग्नावशेष हटाउन उपयोग हुने ऋक्क्च् ईक्युप्मेन्टमा म्झयष्तिष्यल ज्बmmभच क्भत(ज्ञण्, म्चष्िि द्यष्त ीयलन क्भत(ढ र म्चष्िि द्यष्त क्जयचत क्भत(ज्ञढ हस्तान्तरण गर्नुभएको छ । 

४. आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा, रसुवा, धादिङ्ग र गोरखा जिल्लाको विभिन्न स्थानहरुमा १७,२६० के.जी. खाद्यान्न र ३,५७० के.जी. राहत सामाग्री पु¥याएको छ । त्यसैगरी भूकम्पको कारण विभिन्न स्थानमा स्थलमार्ग अवरुद्ध भई अलपत्र परेका गोरखा जिल्लाबाट २४ जना, रामेछाप जिल्लाबाट २ जना र धादिङ्ग जिल्लाबाट १० जना स्वदेशी नागरिकहरुलाई हवाई साधनद्वारा उद्धार गरेको छ । त्यसैगरी आज रसुवाबाट ४ जनाको शव हवाई साधनद्वारा काठमाडौं ल्याईएको छ । 

५. नेपाली सेनाको मेडिकल टिमले आज सिन्धुपाल्चोक जिल्लाको चौतारा र घोर्थली, रामेछाप जिल्लाको चुचुरे गा.बि.स., रसुवा जिल्लाको धुन्चेमा घुम्ती स्वास्थ्य शिविर संचालन गरेको छ । नेपाली सेना र भारतीय सेनाको मेडिकल टिमले संयुक्त रुपमा दोलखा जिल्लाको चरिकोटमा घुम्ती स्वास्थ्य शिविर तथा भारत, क्यानडा र जापानको मेडिकल टीमले छुट्टाछुट्टै रुपमा सिनामंगल, सुकुटे र टुंडिखेलमा फिल्ड अस्पताल संचालन गरी भुकम्पबाट पिडीत घाईते बिरामीहरुको उपचार गरिरहेको छ । मिति २०७२ जेष्ठ ५ गतेसम्ममा बिभिन्न मित्रराष्ट्रहरुको सैनिक मेडिकल टोलीहरुद्वारा २५,९५८ जनाको बिभिन्न स्थानहरुमा परिचालित भई उपचार गरिसकेका छन् । साथै मित्रराष्ट्र चीनको महामारी नियन्त्रण टोलीले काठमाण्डौं जिल्लाका बिभिन्न स्थानहरुमा महामारी नियन्त्रण, खतरा मुल्यांकन र पानी निर्मलीकरण कार्यक्रम संचालन गरेको छ । नेपाली सेनाले मिति २०७२ बैशाख १२ गतेदेखि हालसम्म श्री वीरेन्द्र सैनिक अस्पतालमा भुकम्प पिडीत घाईते बिरामीहरु गरी १२०८ जनालाई उपचार गरिसकेको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २६ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा २,३७,००० लिटर खानेपानी वितरण गरेको छ ।  

६. त्यस्तै नेपाली सेनाको विभिन्न टोलीहरुले प्राथमिकताका साथ भूकम्पबाट जोखिममा रहेका घरहरुलाई हटाउंदै सर्वसाधारण जनताको सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई समेत निरन्तरता दिईरहेका छन् । यसैक्रममा भूकम्पबाट अति जोखिममा रहेको काठमाण्डौ जिल्लाको  १४५१ वटा घर, भक्तपुर जिल्लाको १९९८ वटा घर र ललितपुर जिल्लाको ६०५ वटा घरहरु मध्ये आजसम्म नेपाली सेना परिचालन भई काठमाण्डौ जिल्लाको २२ वटा घर, भक्तपुर जिल्लाको ५१ वटा घर र ललितपुर जिल्लाको ३६ वटा घर पूर्ण रुपमा भत्काउने कार्य सम्पन्न गरी आमजनमानसको थप जिउधनको क्षति हुनबाट न्यूनिकरण गरिएको छ ।  त्यस्तै भूकम्पबाट अति प्रभावित ओखलढुङ्गा, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली, धादिङ्ग, मकवानपुर, रसुवा, गोरखा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर र ललितपुर गरी १४ वटा जिल्लाका ४१ नगरपालिका र ५८० गा.वि.स. गरी ५६५ स्थानहरुमा उद्धार कार्यको लागि नेपाली सेना खट्टिरहेका छन् ।

७. त्यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले पशुपतिनाथ विश्वरुपा मन्दिर, भिमसेन दरबार, त्रिपुरेश्वरस्थित नारायण मन्दिर र  शिव मन्दिर, शंखमूलस्थित जगत नारायण मन्दिर, पाटनस्थित भु.क्षे. घर, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, भक्तपुरस्थित फसिदेवल क्षेत्र र बालाखु मन्दिर, चागुँनारायण मन्दिर एवम् बज्रयोगिनी मन्दिरको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थित गर्ने एवम् भग्नावशेषमा पुरिएका मुर्ति तथा विभिन्न पुरातात्विक महत्वका बस्तुहरुको खोजी गरि सम्बन्धितलाई बुझाउने कार्यमा सक्रियताका साथ परिचालन भईरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ । 


८. बिनाशकारी भूकम्पको कारण अवरुद्ध रहेको बिभिन्न सडक खण्डहरु खुलाउने क्रममा आज मिति २०७२÷०२÷०५ गते मित्रराष्ट्र भारतको ऋयmदबत इन्जिनियर  टोलीले भक्तपुर जिल्लाको विभिन्न स्थानहरुमा भग्नावशेषहरु हटाएको, मित्रराष्ट्र क्यानडाको म्ब्च्त् टोलीले काठमाण्डौ जिल्लाको शंखरापुर, सांखुमा  १०० मिटर पहिरो हटाएको तथा मित्रराष्ट्र चीनको इन्जिनियर  टोलीले केरुङ्ग–रसुवागढी सडक खण्डमा भन्सार कार्यालय वरिपरी रहेको पहिरो हटाउने कार्य सम्पन्न गरेको छ ।

९. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउनेतर्पm अग्रसर भई अहोरात्र खट्टिईरहनेमा नेपाली सेना सबैमा विश्वास दिलाउन चाहन्छ ।