“नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान” भवनको शिलान्यास

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले काठमाडौंको भण्डारखाल परिसरमा निर्माण हुन लागेको “नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान” को बेशिक साईन्स ब्लकको आज मिति २०६७ मंसिर २ गते बिहान एक कार्यक्रमको बीच शिलान्यास गर्नु भएको छ । २. सैनिक कल्याणकारी कोषबाट सञ्चालन हुने यस संस्थान सञ्चालनको लागि मिति २०६७ असोज २६ गते नेपाल सरकार शिक्षा मन्त्रालयबाट मनसाय पत्र (Letter of Intent) प्राप्त भएको थियो । यस संस्थान अन्तर्गत मेडिसिन, नर्सिङ्ग, डेण्टल सर्जरी र मेडिकल पोलिटेक्निकका कलेजहरु सञ्चालन गरिने छ । ३. निर्माणाधिन चारतले चारवटा बेशिक साईन्स् ब्लकमा आठवटा विभागहरु रहने छन् । हाललाई कूल एक सय जना बिद्यार्थीहरुका लागि निर्माण गर्न लागिएको उक्त भवनहरुमा प्रत्येक विभागका छुट्टाछुट्टै प्रयोगशालाहरु रहने छन् । यसैगरि, सो परिसरभित्र एक संग्रहालय र एक प्रशासकीय भवनसमेत निर्माण गरिने छ । ४. उक्त स्वास्थ्य विज्ञान संस्थानमा स्वदेशी तथा विदेशी शिक्षार्थीहरु समावेश गरी एमबि.बि.एस., नर्सिङ्ग, डेण्टल, पोलिटेक्निक तथा पोष्ट ग्राज्युवेट तहसम्मको अध्यापन गराउने योजना रहेको छ । पि.सि.एल.नर्सिङ्ग २०६८ भाद्रबाट र एम.बि.बि.एस.२०६८ कार्तिक महिनाबाट सञ्चालन गर्ने योजना रहेको छ ।