नेपाली सेनाद्वारा उद्धार, राहत, भग्नाबशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य जारी


१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ ७ गते पनि प्राथमिकताका साथ उद्धार, राहत पु¥याउने, भग्नाबशेष हटाउने एवम् भूकम्पबाट अवरुद्ध सडक खुलाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्न महत्वपूर्ण योगदान दिंदै आईरहेको छ ।

२. यसैक्रममा उद्धार तथा राहत कार्यलाई समन्वयात्मक एवम् थप प्रभावकारी बनाउने सन्दर्भमा आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग मित्रराष्ट्र चीनको ऋजष्लब ब्लतष् भ्उष्मझष्अ त्भबm ९ःष्ष्तिबचथ०  ले जंगी अड्डा परिसरमा भेटघाट गरेको छ । सोहि क्रममा प्रधानसेनापति श्री राणाले नेपालीहरु माथी आईपरेको यस राष्ट्रिय विपद्को कठिन घडीमा विभिन्न मित्रराष्ट्रबाट आई नेपाली सेनासंग संयुक्त रुपमा खोज, उद्वार, राहत तथा घाईतेहरुको उपचार सेवामा पु¥याएको अतूलनीय सहयोगको प्रशंसा गर्दै उहाँहरुलाई धन्यवाद समेत ज्ञापन गर्र्नु भएको थियो ।  
३. आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सोलुखुम्बु, धादिङ्ग र गोरखा जिल्लाको विभिन्न स्थानहरुमा ४,६०० के.जी. खाद्यान्न र ३,१५० के.जी. राहत सामाग्री पु¥याएको छ । त्यसैगरी आज दोलखा जिल्लाबाट भूकम्पबाट घाइते भएका १ जनालाई हवाई साधनद्वारा उद्धार गरी काठमाण्डौ ल्याएको छ ।  

४. नेपाली सेनाको मेडिकल टिमले आज सिन्धुपाल्चोक जिल्लाको चौतारा र घोर्थली, रामेछाप जिल्लाको चुचुरे गा.बि.स., रसुवा जिल्लाको धुन्चेमा घुम्ती स्वास्थ्य शिविर संचालन गरेको छ । नेपाली सेना र भारतीय सेनाको मेडिकल टिमले संयुक्त रुपमा दोलखा जिल्लाको चरिकोटमा तथा क्यानाडाको मेडिकल टीमले साँखु तथा सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा घुम्ती स्वास्थ्य शिविर संचालन गरेको छ । यसैगरी मित्रराष्ट्र भारतको मेडिकल टीमले सिनामंगलमा फिल्ड अस्पताल संचालन गरी भुकम्पबाट पीडित घाईते बिरामीहरुको उपचार गरिरहेको छ । मिति २०७२ जेष्ठ ७ गतेसम्ममा बिभिन्न मित्रराष्ट्रहरुको सैनिक मेडिकल टोलीहरुद्वारा बिभिन्न   स्थानहरुमा २६,७०४ जनाको उपचार गरिसकेका छन् । साथै मित्रराष्ट्र चीनको महामारी नियन्त्रण टोलीले काठमाण्डौं जिल्लाका बिभिन्न स्थानहरुमा महामारी नियन्त्रण, खतरा मुल्याङ्कन र पानी निर्मलीकरण कार्यक्रम संचालन गरेको छ । नेपाली सेनाले मिति २०७२ बैशाख १२ गतेदेखि हालसम्म श्री वीरेन्द्र सैनिक अस्पतालमा भुकम्प पीडित घाईते बिरामीहरु गरी १२१८ जना लाई उपचार गरिसकेको छ भने ३१० जनालाई अपरेशन गरिसकेको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २९ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा २,७७,५०० लिटर खानेपानी वितरण गरेको छ । 

५. त्यस्तै नेपाली सेनाको विभिन्न टोलीहरुले प्राथमिकताका साथ भूकम्पबाट जोखिममा रहेका घरहरुलाई हटाउंदै सर्वसाधारण जनताको सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई समेत निरन्तरता दिईरहेका छन् । यसैक्रममा आज बिहानसम्म नेपाली सेना परिचालन भई काठमाण्डौ जिल्लाको ९ वटा घर, भक्तपुर जिल्लाको २४ वटा घर र ललितपुर जिल्लाको १६ वटा घर पूर्ण रुपमा भत्काउने कार्य सम्पन्न गरी आमजनमानसको थप जिउधनको क्षति हुनबाट न्यूनिकरण गरिएको छ । 

६. त्यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले  त्रिपुरेश्वरस्थित नारायण मन्दिर र शिव मन्दिर, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, टेकुस्थित बमबिकटेश्वर महादेव मन्दिर, भक्तपुरस्थित हनुमानघाट देवल क्षेत्र र चागुँनारायण मन्दिर एवम् बज्रयोगिनी मन्दिरको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्य गरिरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ । 

७. बिनाशकारी भूकम्पको कारण अवरुद्ध रहेको बिभिन्न सडक खण्डहरु खुलाउने क्रममा आज मिति २०७२÷०२÷०७ गते बिहानसम्म मित्रराष्ट्र भारतको ऋयmदबत इन्जिनियर टोलीले भक्तपुर जिल्लाको विभिन्न स्थानमा ९५ मिटर भग्नावशेषहरु हटाएको, मित्रराष्ट्र क्यानडाको म्ब्च्त् टोली र नेपाली सेनाको ईन्जिनियर टिमले काठमाण्डौ जिल्लाको शंखरापुर, सांखुमा ८० मिटर बाटो खोलेको तथा ३७ ट्रक भग्नावशेष हटाएको छ । 

८. बिभिन्न मित्रराष्ट्रहरुबाट खोज तथा उद्वारको लागि आएका टोलीहरु फिर्ता हुने क्रममा आजसम्म २५२४ जना खोज तथा उद्धार टोली स्वदेश फिर्ता भई सकेका छन् । त्यसैगरी आज अमेरिकाबाट आएका टोलीहरु मध्ये आज ४ वटा ओस्प्रे हेलिकप्टर    सहित ६३ जना स्वदेश फिर्ता भएका छन् ।

९. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउने तर्पm अग्रसर भई अहोरात्र खट्टिईरहनेमा नेपाली सेना सबैमा विश्वास दिलाउन चाहन्छ ।