नेपाली सेनाद्वारा उद्धार, राहत, जोखिमयुक्त भवन भत्काउने, भग्नाबशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य जारी


१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ १० गते पनि प्राथमिकताका साथ उद्धार, राहत पु¥याउने, जोखिमयुक्त भवन भत्काउने, भग्नाबशेष हटाउने एवम् भूकम्पबाट अवरुद्ध सडक खुलाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्न महत्वपूर्ण योगदान दिंदै आईरहेको छ ।

२. आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रामेछाप, ओखलढुङ्गा र गोरखा जिल्लाको विभिन्न स्थानहरुमा १४,१९० के.जी. खाद्यान्न र ४,२१० के.जी. राहत सामाग्री पु¥याएको छ । त्यसैगरी भूकम्पको कारण विभिन्न स्थानमा स्थलमार्ग अवरुद्ध भई अलपत्र परेका काभ्रेपलान्चोक जिल्लाबाट २ जना स्वदेशी नागरिकहरुलाई हवाई साधनद्वारा उद्धार गरेको छ । 

३. नेपाली सेनाको मेडिकल टिमले आज दोलखा जिल्लाको चरिकोट, सिन्धुपाल्चोक जिल्लाको चौतारा, रामेछाप जिल्लाको गोश्वारा ईलाका तथा रसुवा जिल्लाको धुन्चेमा घुम्ती स्वास्थ्य शिविर संचालन गरेको छ । नेपाली सेनाले मिति २०७२ बैशाख १२ गतेदेखि हालसम्म श्री वीरेन्द्र सैनिक अस्पतालमा भूकम्प पीडित घाईते बिरामीहरु गरी १२३३ जना लाई उपचार गरिसकेको छ भने ३२४ जनालाई अपरेशन गरिसकेको छ । नेपाली सेनाले आजपनि उपत्यकाका ३० वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा २,५६,००० लिटर खानेपानी वितरण गरेको छ ।  

४. त्यस्तै नेपाली सेनाको विभिन्न टोलीहरुले प्राथमिकताका साथ भूकम्पबाट जोखिममा रहेका घरहरुलाई हटाउंदै सर्वसाधारण जनताको सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई समेत निरन्तरता दिईरहेका छन् । यसैक्रममा आज बिहानसम्म नेपाली सेना परिचालन भई भूकम्पबाट अति प्रभावित १४ वटा जिल्लाहरुमा धादिङ्ग जिल्लाको विभिन्न स्थानमा रहेको १७६ वटा घर, नुवाकोट जिल्लाको ३०९, रसुवा जिल्लाको ९, मकवानपुर जिल्लाको २३, रामेछाप जिल्लाको ७४, सिन्धुली जिल्लाको २०२, गोरखा जिल्लाको १५१, सिन्धुपाल्चोक जिल्लाको १९४, काभ्रेपलान्चोक जिल्लाको ५७७ र ओखलढुंगा जिल्लाकोे ९ वटा क्षतिग्रस्त भवन भत्काउने कार्य गरेको छ । त्यसैगरी काठमाण्डौ जिल्लाको विभिन्न स्थानमा जोखिममा रहेको कच्ची घर १५ र पक्की घर ३ गरी जम्मा १८ वटा घरहरु भत्काईएको छ । भक्तपुर जिल्लाको विभिन्न स्थानमा जोखिममा रहेको कच्ची घर ३३ र पक्की घर १ गरी जम्मा ३४ वटा तथा ललितपुर जिल्लाको विभिन्न स्थानमा जोखिममा रहेका कच्ची घर ५ र पक्की घर १ गरी जम्मा ६ वटा घरहरु पूर्ण रुपमा भत्काउने कार्य गरेको छ । यसै गरी भूकम्पबाट प्रभावित जिल्लाहरुमा भोजपुर जिल्लाको विभिन्न स्थानमा रहेको  ११ वटा घर, संखुवासभा जिल्लाको २१, खोटाङ्ग जिल्लाको ५६९, सोलुखुम्बु जिल्लाको २१, पर्वत जिल्लाको १५, लमजुङ्ग जिल्लाको १८७, मनाङ्ग जिल्लाको ३, स्याङ्गजा जिल्लाको ५, तनहुँ जिल्लाको २० र पाल्पा जिल्लाको ३ वटा क्षतिग्रस्त भवन भत्काउने कार्य सम्पन्न गरी आमजनमानसको थप जिउधनको क्षति हुनबाट न्यूनिकरण गरिएको छ । 

५. त्यस्तै भूकम्पबाट अति प्रभावित १४ वटा जिल्लाहरुको विभिन्न स्थानहरुमा नेपाली सेनाको फौजहरु परिचालित भई सर्वसाधारण जनताहरुको घर टहरा निर्माण कार्यमा समेत एकजुट भई लागि परेको छ । सोही क्रममा आजसम्म धादिङ्ग जिल्लामा ११४, नुवाकोट जिल्लामा ३३७, रसुवा जिल्लामा १, मकवानपुर जिल्लामा ३३, दोलखा जिल्लामा १५९, रामेछाप जिल्लामा ६५, सिन्धुली जिल्लामा ६०, गोरखा जिल्लामा ३८, सिन्धुपाल्चोक जिल्लामा ३०७, काभ्रेपलान्चोक जिल्लामा ३३३, ओखलढुंगामा ७४, काठमाण्डौ जिल्लामा ४६२, भक्तपुर जिल्लामा ८ र ललितपुर जिल्लामा ६ वटा घर टहरा निर्माण गरेको छ । यसै गरी भूकम्पबाट प्रभावित जिल्लाहरुमा भोजपुर जिल्लाको विभिन्न स्थानमा ११, खोटाङ्ग जिल्लामा ४१, सोलुखुम्बु जिल्लामा ७७, चितवन जिल्लामा १, लमजुङ्ग जिल्लामा ९७, स्याङ्गजा जिल्लामा ५, तनहुँ जिल्लामा १० र पाल्पा जिल्लामा २ वटा गरी जम्मा २४४ वटा घर टहरा निर्माण गर्ने कार्यमा सहयोग गरेको छ ।

६. त्यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले  त्रिपुरेश्वरस्थित नारायण मन्दिर र शिव मन्दिर, पाटन स्थित राधाकृष्ण मन्दिर, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, टेकुस्थित बमबिकटेश्वर महादेव मन्दिर तथा चागुँनारायण मन्दिरको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्य गरिरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ । यसै गरी हनुमानढोकामा रहेको भग्नावशेषहरु टुडिखेलमा ल्याई सुरक्षितसाथ राख्ने कार्य भई रहेको छ । त्यस्तै बालाजु नेपालटारस्थित ४ तल्ले भवनको भग्नावशेषमा पुरिएर रहेका ग्यास सिलिण्डर भरी ३६, खाली ४०, ऐ.को रेगुलेटर ७५, चुलो १४, पाईप २ रोल र नगद रु.४०००।– निकाली स्थानीय प्रहरी र स्थानीय बासीन्दाको रोहवरमा सम्बन्धितलाई बुझाउने कार्य भएको छ । 

७. बिनाशकारी भूकम्पको कारण अवरुद्ध रहेको बिभिन्न सडक खण्डहरु खुलाउने क्रममा आज मिति २०७२÷०२÷१० गते बिहानसम्म मित्रराष्ट्र भारतको ऋयmदबत इन्जिनियर टोलीले भक्तपुर जिल्लाको विभिन्न स्थानमा २३५ मिटर भग्नावशेषहरु हटाएको, मित्रराष्ट्र क्यानडाको म्ब्च्त् टोली र नेपाली सेनाको ईन्जिनियर टिमले काठमाण्डौ जिल्लाको शंखरापुर, सांखु र पाँसिखेलमा १३० मिटर बाटो खोलेको तथा ३४ ट्रक भग्नावशेष हटाएको छ ।

८. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउने तर्पm अग्रसर भई अहोरात्र खट्टिईरहनेमा नेपाली सेना सबैमा विश्वास दिलाउन चाहन्छ ।