मित्रराष्ट्र मुलुकहरुबाट खोज तथा उद्धारको लागि आएका फौजहरु फिर्ता हुनेक्रम जारी 

१. मिति २०७२ बैशाख १२ गते आमविनाशकारी भूकम्प गएपश्चात तत्काल खोज तथा उद्धार कार्यको लागि विभिन्न १८ वटा मित्रराष्ट्रहरुका सेनाहरुको टोली आवश्यक उद्धार सामाग्री, हवाई साधन (मित्रराष्ट्र भारतबाट ःक्ष् ज्ञठ( ८ वटा, ब्ीज्( ५ वटा, चीनबाट ःक्ष् ज्ञठ( ३ वटा र संयुक्त राज्य अमेरिकाबाट  ग्ज्(ज्ञथ्( ३ वटा र   ःख्(द्दद्दद्य इकउचभथ(४ वटा) तथा विशेष तालिम प्राप्त कुकुरहरु सहित नेपाल आएको थियो । नेपाली सेनाको समन्वयमा मित्रराष्ट्रका सेनाहरु विभिन्न स्थानहरुमा खट्टि क्रमशः भूकम्प पीडितहरुको खोज, उद्धार, राहत, घाइते बिरामीहरुलाई उपचार सेवा प्रदान गर्ने कार्य एवम् भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्यमा एकजुट भई नेपाली सेनासंग कांधमा कांध मिलाई तदारुकताका साथ प्रभावकारी ढंगबाट कार्य संचालन गरेका थिए । 

२. यसरी बिभिन्न मित्रराष्ट्रहरुबाट खोज तथा उद्वारको लागि आएका टोलीहरु फिर्ता हुने क्रममा आज मिति २०७२÷०२÷८ गते सम्ममा पोल्याण्डको ८१, मलेसियाको ४७, सिंगापुरको १८२, बंगलादेशको १९, अल्जेरियाको ७३, स्पेनको ६०, इजरायलको २८६, श्रीलंकाको १४१, थाईल्याण्डको ५४, ईण्डोनेसियाको १०५, पाकिस्तानको ८४, भुटानको ७७, जापानको ११४, चीनको २४८, बेलायतको ६, क्यानडाको १, अमेरिकाको ८० तथा भारतको ८५१ गरी जम्मा २५०९ जना खोज तथा उद्धार टोली स्वदेश फिर्ता भई सकेका छन् भने मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका २२०, चीनका ६९४, बेलायतका १२८, क्यानडा २०१ र भारतका ५६४ गरी जम्मा १८०७ जना स्वदेश फिर्ता हुने क्रममा रहेका छन् ।  


३. नेपाल र नेपालीलाई परेको यस कठिन घडीमा मित्रराष्ट्रहरुबाट प्राप्त भएको अतुलनिय सहयोग एवम् सदैव सहयोगको लागि नेपालको पक्षमा रहने प्रतिबद्धता जनाउनुले मित्रराष्ट्रहरुसंग लामो समयदेखि रही आएको आपसी हित तथा पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।