हालैको भूकम्प पश्चात उद्धार तथा राहत कार्यमा खट्टिएको US Marine Corps को UH-1Y Huey हेलिकप्टर दुर्घटनाको अनुसन्धान कार्य जारी

१. मिति २०७२ बैशाख २९ गते गएको विनाशकारी भूकम्प पश्चात उद्धार तथा राहत कार्यमा काठमाण्डौबाट दोलखा तथा सिन्धुपाल्चोक जिल्लामा परिचालित US Marine Corps को UH-1Y Huey हेलिकप्टर मिति २०७२ बैशाख २९ गते देखि सम्पर्क विहिन भई खोजतलास गर्दा मिति २०७२ जेष्ठ १ गते सिन्धुपाल्चोक र दोलखा जिल्लाको सिमानामा पर्ने कालिन्चोक डाडांको उत्तरपूर्वी दिशातर्फ करिव ११,२०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र उक्त दुर्घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ । 
२. यसै सन्दर्भमा मिति २०७२ बैशाख २९ गते US Marine Corps को UH-1Y Huey हेलिकप्टर दुर्घटना परेको ईलाकामा नेपाली सेनाले निरन्तर सुरक्षा प्रदान गर्दै अनुसन्धानको लागि थप मद्धत पुग्ने प्रमाणहरुको खोजी गर्ने क्रममा मिति २०७२ जेष्ठ ११ गते विगतमा नभेटिएको मानव शरिरको एक अंश दुर्घटनास्थलमा फेला परेको   छ । थप भेटिएको उक्त मानव शरिरको अंशलाई काठमाडौ ल्यार्ई हाल परिक्षण कार्य शुरु गरिएको छ । उक्त मानव शरिरको अंश पहिला नै संकलन गरिएको ८ जना     (नेपाली सेनाको २ र US Marine Corpsको ६) सैनिकहरुको हो वा अन्य व्यक्तिहरुको हो भन्ने पहिचान गर्न मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको बिशेषज्ञ टोलीको सहायता लिई डि.एन.ए. परिक्षण तथा संयुक्त रुपमा अनुसन्धान गरी पत्ता लगाउने प्रत्रृmया समेत प्रारम्भ भैसकेको छ । 
३. उक्त भूकम्पमा परि घाइते भएका दोलखा जिल्ला लादुक गा.वि.स. ८ बस्ने धु्रव कटुवाल, लोक बहादुर कटुवाल, शिव वहादुर खत्री, यम वहादुर खत्री र लामिडाडां गा.वि.स.७ निवासी सावित्री शिवाकोटीलाई मिति २०७२÷०१÷२९ गते दोलखा जिल्लाको सिंगटी बजारबाट उपचारको निमित्त हेलिकप्टरद्धारा उद्धार गरि लगेकोमा निजको आफन्तहरुले स्थानिय र काठमाडौंको विभिन्न अस्पतालहरुमा खोजतलास गर्दा पनि हालसम्म फेला नपरेको एवम् सम्पर्क पनि हुन नसकेको भनि विभिन्न संचारमाध्यम तथा पत्रपत्रिकाहरुमा प्रकाशित समाचार तथा सो सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगबाट समेत खोजतलासको लागि अनुरोध भई आएकाले यस सम्बन्धमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ । 

४. उल्लेखित हराईरहेका भनिएका ५ जना व्यक्तिहरुको सम्बन्धमा नेपाली सेना, स्थानिय प्रशासन र अन्य सुरक्षा निकायहरुबाट पनि दोलखा, धुलिखेल, बनेपा र काठमाण्डौको विभिन्न अस्पतालहरुमा बुभ्mने कार्य भईरहेकोमा हालसम्म निजहरुको सम्बन्धमा कुनै विवरणहरु प्राप्त नभएको । 
५. उक्त दुर्घटना भएको US Marine Corps को हेलिकप्टरमा दुवै देशको सैनिकहरु बाहेक अन्य व्यक्तिहरु समेत उडानमा भए नभएकोे सम्बन्धमा नेपाली सेनाले स्थानिय प्रशासन, प्रहरी लगायत अन्य सम्बन्धित निकायहरुसंग समेत समन्वय गरी अनुसन्धान कार्य जारी राखेको छ । 
६. नेपाली सेना र अमेरिकीे सैनिकहरुबाट हाल भईरहेको संयुक्त अनुसन्धान कार्य र डि.एन.ए. परिक्षण पश्चात मात्र उक्त दुर्घटना र यससंग सम्बन्धित बिषयहरुको सत्यतथ्य पत्ता लाग्ने र सो अनुसन्धानको प्रतिवेदन अविलम्ब सार्वजनिक गरिने व्यहोरा नेपाली सेना सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छ ।