नेपाली सेनालाई २ ओटा मोवाईल फिल्ड अस्पताल हस्तान्तरण 

१. आज मिति २०७२ जेष्ठ ११ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को प्रमुख आतिथ्यतामा चिनियां महामहिम राजदुत Wu Chuntai द्वारा जगदल गण, छाउनीमा एक बिशेष समारोहका बिच चिनियां जनमुक्ति सेनाबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त २ ओटा मोवाईल फिल्ड अस्पताल को हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

२. प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा.द्वारा मित्रराष्ट्र चीनमा भएको औपचारिक भ्रमणको क्रममा चिनीयां सरकारका तर्फबाट नेपाली सेनालाई सहयोग रुवरुप  ५९ मिलियन RMB बराबरको २ ओटा मोबाईल अस्पताल उपलब्ध गराउने Protocol मा प्रधानसेनापति श्री राणा र चिनीयां जनमुक्ति सेनाका सेनाध्यक्ष General Fang Fenghui बिच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो । नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त प्रत्येक मोबाईल अस्पतालमा १२ वटा गाडीहरु प्रयोग हुने हुँदा जम्मा २४ ओटा गाडीहरु तथा उक्त  Mobile Hospital को SpareParts तथा १० टन क्षमताको ८ ओटा ट्रकहरु नेपाली सेनालाई हस्तान्तरण गरीएको छ । 
३. उक्त कार्यक्रममा रक्षा सचिव, नेपाली सेनाका रथीबृन्दहरु, चिनियां राजदुतावासका  सैनिक सहचारी तथा नेपाली सेनाका अधिकृत लगायत अन्यदर्जाहरुको साथसाथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

४. यस किसिमको सहयोगले दुई देश बिच लामो समयदेखि रहंदै आएको उच्चस्तरिय मित्रवत् सम्बन्धको कडिको रुपमा थप आयाम थपेको र दुई देशका सेना बिचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुगेको बिश्वास नेपाली सेनाले लिएको छ ।