नेपाली सेनाद्वारा उद्धार, राहत, भग्नाबशेष हटाउने तथा  अवरुद्ध सडक खुलाउने कार्य जारी


१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ १२ गते पनि प्राथमिकताका साथ उद्धार, राहत पु¥याउने, जोखिमयुक्त भवन भत्काउने, भग्नाबशेष हटाउने एवम् भूकम्पबाट अवरुद्ध सडक खुलाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्न महत्वपूर्ण योगदान दिंदै आईरहेको छ ।

२. आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित दोलखा, धादिङ्ग, ओखलढुंगा र सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानहरुमा ९,००० के.जी. खाद्यान्न र ८,८०० के.जी. राहत सामाग्री पु¥याएको छ भने दोलखा जिल्लाबाट अलपत्रमा परेका १ जना स्वदेशी नागरिकलाई उद्धार गरेको छ ।

३. नेपाली सेनाले मिति २०७२ बैशाख १२ गतेदेखि हालसम्म श्री वीरेन्द्र सैनिक अस्पतालमा भूकम्प पीडित घाईते बिरामीहरु गरी १२४२ जनालाई उपचार गरिसकेको छ भने ३२८ जनालाई अपरेशन गरेकोे छ । नेपाली सेनाले आजपनि उपत्यकाका २९ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा २,८०,००० लिटर खानेपानी वितरण गरेको छ ।  

४. त्यस्तै नेपाली सेनाको विभिन्न टोलीहरुले प्राथमिकताका साथ भूकम्पबाट जोखिममा रहेका घरहरुलाई हटाउंदै सर्वसाधारण जनताको सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई समेत निरन्तरता दिईरहेका छन् । यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले पाटन स्थित राधाकृष्ण मन्दिर, बुङ्ग मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर, बमबिकटेश्वर महादेव मन्दिर (टेकु) को पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्य गरिरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।

५. बिनाशकारी भूकम्पको कारण अवरुद्ध रहेको बिभिन्न सडक खण्डहरु खुलाउने क्रममा आज मिति २०७२÷०२÷१२ गते बिहानसम्म मित्रराष्ट्र भारतको ऋयmदबत इन्जिनियर टोलीले भक्तपुर जिल्लामा तथा मित्रराष्ट्र क्यानडाको म्ब्च्त् टोली र नेपाली सेनाको ईन्जिनियर टिमले काठमाण्डौ जिल्लाको शंखरापुर, सांखु ईलाकामा भग्नावशेषहरु हटाई सडक खुला गर्ने कार्य जारी राखेको छ । 


६. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउने तर्पm अग्रसर भई अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।