नेपाली सेनाद्वारा उद्धार, राहत, भग्नाबशेष हटाउने तथा  अवरुद्ध सडक खुलाउने कार्य जारी


१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ १५ गते पनि प्राथमिकताका साथ उद्धार, राहत पु¥याउने, जोखिमयुक्त भवन भत्काउने, भग्नाबशेष हटाउने एवम् भूकम्पबाट अवरुद्ध सडक खुलाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने कार्य गर्दै आईरहेको छ ।

२. आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित दोलखा, गोरखा, घादिङ्ग र रामेछाप जिल्लाको विभिन्न स्थानहरुमा ४,७०० के.जी. खाद्यान्न र ७,८०० के.जी. राहत सामाग्री पु¥याएको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २७ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा २,५६,००० लिटर खानेपानी वितरण गरेको छ ।  

३. त्यस्तै नेपाली सेनाको विभिन्न टोलीहरुले प्राथमिकताका साथ भूकम्पबाट जोखिममा रहेका घरहरुलाई हटाउंदै सर्वसाधारण जनताहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई निरन्तरता दिईरहेका छन् । यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले बुङ्गमती रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर, पाटन क्षेत्र, हनुमान ढोका, विश्व निकेतन स्कुल त्रिपुरेश्वर र टेकुस्थित बमबिकटेश्वर महादेव मन्दिरको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्य गरिरहेको छ । यसैगरी पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ । यसैगरि नेपाली सेनाले आजसम्म काठमाडौं जिल्लामा १८८ वटा घर, भक्तपुरमा ३७९ वटा घर र ललितपुर जिल्लामा १९६ वटा घर भत्काईसकेको छ । अतिप्रभावित १४ जिल्लाहरुमा हालसम्म नेपाली सेनाले २६०१ वटा घर टहरा निर्माण, १३०३७ टेन्ट लगाउने कार्य, ५,८२६ स्थानहरुमा राहत वितरणमा सहयोग, २२०२६ वटा भत्किएका घरहरुको सामान निकाल्ने कार्यमा सहयोग, ३६९८ वटा क्षतिग्रस्त भवन भत्काउने, १,६५१ वटा शव निकाल्ने कार्य, २४८ स्थानहरुमा सडक मर्मत कार्य, ३०,४२१ जना घाईते विरामीहरुको स्वास्थ्य उपचार गरिसकेको छ ।

४. बिनाशकारी भूकम्पको कारण अवरुद्ध रहेको बिभिन्न सडक खण्डहरु खुलाउने क्रममा आज मिति २०७२÷०२÷१५ गते बिहानसम्म मित्रराष्ट्र क्यानडाको DART टोली र नेपाली सेनाको ईन्जिनियर टोलीलले काठमाण्डौ जिल्लाको शंखरापुर, सांखुमा ७० मिटर बाटो खोलेको तथा ११ ट्रक भग्नावशेष हटाएको छ ।

५. बिभिन्न मित्रराष्ट्रहरुबाट आएका खोज, उद्धार तथा मेडिकल टोली फिर्ता हुने क्रममा आज मिति २०७२÷०२÷१५ गते भारतीय सेनाका १२८ जना फिर्ता भएका छन् । हाल भारतीय सेनाका ९६ जना, क्यानाडाका ७१ जना र अमेरिकाका १४ जना गरि जम्मा १८१ जना विदेशी सैनिकहरु फिर्ता हुने क्रममा रहेका छन् । 


६. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउने तर्पm अग्रसर भई अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।