प्रधानसेनापति र फिनल्याण्डका महामहिम राजदुत Mr. Asko Luukkainen बीच शिष्टाचार भेटवार्ता

१. नेपालमा आप्mनो कार्यकाल पुरा गरी स्वदेश फिर्ता हुन लाग्नु भएका नेपालका लागि फिनल्याण्डका महामहिम राजदुत Mr. Asko Luukkainenले आज मिति २०७२ जेष्ठ १७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 
२. उक्त भेटघाटका अवसरमा नेपाल र फिनल्याण्डबीचको द्विपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धमा छलफल भएको थियो ।