नेपाली सेनाद्वारा उद्धार, राहत तथा भग्नाबशेष हटाउने  कार्य जारी

१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ १७ गते पनि प्राथमिकताका साथ उद्धार, राहत पु¥याउने, जोखिमयुक्त भवन भत्काउने, भग्नाबशेष हटाउने एवम् भूकम्पबाट अवरुद्ध सडक खुलाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने कार्य गर्दै आईरहेको छ ।

२. आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित दोलखा जिल्लाको विभिन्न स्थानहरुमा १,४०० के.जी. खाद्यान्न र २,२०० के.जी. राहत सामाग्री पु¥याएको छ भने दोलखा जिल्लाको बिभिन्न स्थानहरुमा अलपत्रमा परेका ५ जना स्वदेशी नागरिकलाई उद्धार गरेको छ । नेपाली सेनाले आजपनि उपत्यकाका ३१ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा २,८७,००० लिटर खानेपानी वितरण गरेको छ ।  

३. त्यस्तै नेपाली सेनाको विभिन्न टोलीहरुले प्राथमिकताका साथ भूकम्पबाट जोखिममा रहेका घरहरुलाई हटाउंदै सर्वसाधारण जनताहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई निरन्तरता दिईरहेका छन् । यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले बुङ्गमती रातो मच्छिन्द्रनाथ मन्दिर र चाँगुनारायण मन्दिरको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्य गरिरहेको छ । साथै हनुमानढोकाको भग्नावशेषलाई टुँडिखेलमा ल्याई राख्ने कार्र्य पनि भई रहेको छ । यसैगरी पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।  


४. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउने तर्पm अग्रसर भई अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।