सि.सं. २ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको समापन

१. नगरकोटस्थित सैनिक शिक्षालयमा मिति २०७१ फाल्गुन ०८ गतेबाट संचालन भएको सि.सं.२ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको आज मिति २०७२ जेष्ठ १४ गते एक बिशेष समारोह बीच प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले अन्तिम प्रवचन गर्नुभई तालिमको समापन गर्नु भएको छ । नेपाली सेनामा दोश्रोपटक संचालन भएको यस तालिममा २३ जना महासेनानीहरु र २ जना प्रमुख सेनानीहरु गरी जम्मा २५ जना अधिकृत शिक्षार्थीहरु सहभागी हुनु भएको थियो । 
२. कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले वर्तमान परिस्थिति र अवस्थाको सही ज्ञानको मद्धतले नै सही निर्णय लिन सकिने बताउनु हुंदै शक्तिशाली भूकम्पले नेपाली सेनाको सकलदर्जा तथा आप्mनो परिवारजनको जिउधनमा ठुलो क्षति पु¥याएतापनि नेपाली सेना सधैं अग्रस्थानमा रही आप्mनो काम, कर्तव्य र जिम्मेवारीलाई आत्मसाथ गर्दै कर्तव्यपथमा अघि बढ्दै आईरहेको बताउनु भएको छ । त्यसैगरी शक्तिशाली भूकम्पको दौरान विभिन्न १८ वटा मित्रराष्ट्रका सैनिकहरुसंग नेपाली सेनाले जुन किसिमले समन्वयात्मक ढंगबाट काम गर्ने अवसर पायो सो सम्बन्धि सैद्धान्तिक र व्यवहारिक पाठहरु नेपाली सेनालाई भविष्यमा समेत उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।
३. सोही क्रममा प्रधानसेनापति श्री राणाले यस तालिमले शिक्षार्थीहरुलाई भविष्यमा आइपर्ने चुनौतिको सामना गर्न, युद्ध र लडाईका कला विकास गर्न र अपरेशनल योजनाहरु तयार पार्न स्वतःस्फुर्त ज्ञान तथा क्षमता हाँसिल गर्नुको साथै सोको अभिबृद्धि गर्न तथा फौजहरुको प्रभावकारी ढंगले परिचालन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली सेनाकोे सहि योजना तर्जुमा गर्दै संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति सेना संचालन, प्राकृतिक प्रकोपको सही योजना र व्यवस्थापन गर्न तथा नेतृत्वकला र व्यवस्थापकिय सिप विकास गर्दै प्राप्त जिम्मेवारीलाई भविष्यमा कुशलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो । 
४. अन्तमाः प्रधानसेनापति श्री राणाले तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पुर्ण शिक्षार्थी अधिकृतहरुलाई बधाई ज्ञापन गर्नुका साथै तालिम संचालनको समयमा सम्बन्धित सबै विभाग, संस्था,नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, संचार गृहका प्रतिनिधिहरु, आमन्त्रित शिक्षक, प्राध्यापक, विभिन्न बिषयहरुसंग सम्बन्धित प्राज्ञिक तथा बिज्ञहरुले आप्mनो अमूल्य समय दिई शिक्षार्थी अधिकृतहरुलाई अमूल्य ज्ञान तथा अनुभवहरु प्रदान गर्नु भएकोमा वहांहरु सबैलाई कृतज्ञता व्यक्त गर्नु भएको थियो । साथै, यस तालिमलाई सफलतापूर्वक सम्पन्न गराउन पु¥याएको योगदानको निमित्त तालिम कार्यक्रमको ढांचा, विकास र संचालनमा प्रमुख भूमिका खेल्नु हुने सैनिक विनय महानिर्देशक, मुख्य शिक्षक, शिक्षकहरु, सैनिक शिक्षालय र अन्य सम्बन्धित सबैलाई धन्यबाद समेत ज्ञापन गर्नु भएको थियो ।

५. प्रधानसेनापति श्री राणाले उक्त तालिममा समग्रमा सर्वप्रथम हुनु हुने महा सेनानी श्री हिरालाल जोशीलाई "Best Student Award" , शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार रु.३०,०००।— तथा Academic Writing  तर्फ प्रथम हुनु हुने महा सेनानी श्री पंकज कार्कीलाई प्रमाणपत्र तथा नगद रु.२०,०००।— र अन्य शिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो ।
६. साथै, उक्त समापन कार्यक्रमको प्रारम्भमा तालिमको मुख्य शिक्षकको भूमिका निर्वाह गर्नुभएका श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजका कमाण्डान्ट उपरथी श्री विनोज बस्न्यातले स्वागत मन्तव्य  दिनुभएको थियो ।
७. उक्त समापन कार्यक्रममा रक्षा सचिव, पूर्व प्रधानसेनापति, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु, विभिन्न विषयका प्राध्यापक तथा विज्ञहरु, प्राज्ञिक व्यक्तित्वहरु, सैनिक शिक्षालयका पूर्व शिक्षाधिकृतहरु, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रतिनिधिहरु, रक्षा मन्त्रालयका पदाधिकारीहरु लगायत अन्य महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।