नेपाली सेनाद्वारा उद्धार, राहत, भग्नाबशेष हटाउने तथा  अवरुद्ध सडक खुलाउने कार्य जारी


१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ १४ गते पनि प्राथमिकताका साथ उद्धार, राहत पु¥याउने, जोखिमयुक्त भवन भत्काउने, भग्नाबशेष हटाउने एवम् भूकम्पबाट अवरुद्ध सडक खुलाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने कार्य गर्दै आईरहेको छ ।

२. आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोरखा र धादिङ्ग जिल्लाको विभिन्न स्थानहरुमा १४,६६५ के.जी. खाद्यान्न र १,६०० के.जी. राहत सामाग्री पु¥याएको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २७ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा २,७०,००० लिटर खानेपानी वितरण गरेको छ ।  

३. त्यस्तै नेपाली सेनाको विभिन्न टोलीहरुले प्राथमिकताका साथ भूकम्पबाट जोखिममा रहेका घरहरुलाई हटाउंदै सर्वसाधारण जनताहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई निरन्तरता दिईरहेका छन् । यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले पाटन स्थित गाबहाल मन्दिर, बुङ्गमती रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर र टेकुस्थित बमबिकटेश्वर महादेव मन्दिरको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्य गरिरहेको छ । यसैगरी पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।

४. त्यसैगरी हिजो सैनिक श्रीमती संघले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालीका वडा    नं. २, छालिङ्ग ईलाकाका भूकम्प पीडित २०० जनालाई त्रिपाल, ब्ल्याङ्केट, आटा, चिउरा, ओट, चना सातु, चिनी, गेडागुडी, बिस्कुट, मिनिरल वाटर, स्यानिटरी प्याड, माक्स, डाईपर र औषधी बितरण गरेको छ ।


५. बिनाशकारी भूकम्पको कारण अवरुद्ध रहेको बिभिन्न सडक खण्डहरु खुलाउने क्रममा आज मिति २०७२÷०२÷१४ गते बिहानसम्म मित्रराष्ट्र भारतको ऋयmदबत इन्जिनियर टोलीले भक्तपुर जिल्लाको विभिन्न स्थानमा २ मिटर बाटो खोलेको तथा ४ ट्रक भग्नावशेषहरु हटाएको तथा मित्रराष्ट्र क्यानडाको म्ब्च्त् टोली र नेपाली सेनाको ईन्जिनियर टोलीलले काठमाण्डौ जिल्लाको शंखरापुर, सांखुमा १५० मिटर बाटो खोलेको तथा ४४ ट्रक भग्नावशेष हटाएको छ ।


६. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउने तर्पm अग्रसर भई अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।