नेपाली सेनाद्वारा उद्धार तथा राहत कार्य जारी

१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ १८ गते पनि प्राथमिकताका साथ उद्धार, राहत तथा भग्नाबशेष हटाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने कार्य गर्दै आईरहेको छ ।

२. आज माननीय अर्थमन्त्री डा.श्री रामशरण महत भुकम्पबाट बढी प्रभावित रसुवा जिल्लाको रसुवागढी, टिमुरे ब्यारेक तथा चीन(नेपाल सिमा सडकखण्ड एवं गोरखा जिल्लाको लाप्राकको स्थलगत निरिक्षण भ्रमण गर्नु भएको छ । साथै उक्त निरिक्षणको क्रममा अर्थमन्त्री श्री महत्तले स्थानीयहरुसंग अन्तरक्रिया समेत गर्नु भएको थियो । उक्त निरिक्षण भ्रमण पश्चात अर्थमन्त्री श्री महतले गोरखा जिल्लाको बारपाक तथा धादिङ्ग जिल्लाको विभिन्न क्षेत्रहरुको हवाई साधनद्वारा अवलोकन गर्नु भएको थियो । उक्त निरिक्षण भ्रमणमा रक्षा सचिव, प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. तथा रथीबृन्दहरुको समेत सहभागीता रहेको थियो । 

३. आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प अति प्रभावित दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा र गोरखा जिल्लाको विभिन्न स्थानहरुमा ६,५२५ के.जी. खाद्यान्न र ५,२७५ के.जी. राहत सामाग्री पु¥याएको छ भने दोलखा र गोरखा जिल्लाको बिभिन्न स्थानहरुमा अलपत्रमा परेका ५ जना स्वदेशी नागरिकलाई उद्धार गरेको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २७ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा २,७०,००० लिटर खानेपानी वितरण गरेको छ । 
 
४. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउने तर्पm अग्रसर भई अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।