नेपाली सेनाद्वारा उद्धार, राहत तथा भग्नाबशेष हटाउने  कार्य जारी

१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ १९ गते पनि प्राथमिकताका साथ उद्धार, राहत पु¥याउने, जोखिमयुक्त भवन भत्काउने एवं भग्नाबशेष हटाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने कार्य गर्दै आईरहेको छ ।

२. आज मिति २०७२ जेष्ठ १९ गते सैनिक श्रीमती संघका अध्यक्ष श्रीमती रोहीणी राणाले भक्तपुर जिल्लाको पौवा भञ्ज्याङ्ग ईलाकामा २०० जना भूकम्प पीडितहरुलाई प्रेशर कुकर, पिठो, त्रिपाल, चिनी, तेल, चाउचाउ, मिनिरल वाटर, म्याट, मिठाई, सेनेटरी न्यापकिन, पियुस, डाईपर, माक्स र लत्ताकपडा बितरण गर्नु भएको छ । उक्त कार्यक्रममा सैनिक श्रीमती संघका पदाधिकारीहरु, रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो । 

३. आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित रामेछाप, गोरखा, धादिङ र खोटाङ जिल्लाको विभिन्न स्थानहरुमा ५,४६० के.जी. खाद्यान्न र ५,६०० के.जी. राहत सामाग्री पु¥याएको छ भने गोरखा जिल्लामा अलपत्रमा परेका १ जना स्वदेशी नागरिकलाई उद्धार गरेको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २७ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा २,५९,००० लिटर खानेपानी वितरण गरेको छ । 
 
४. त्यस्तै नेपाली सेनाको विभिन्न टोलीहरुले प्राथमिकताका साथ भूकम्पबाट जोखिममा रहेका घरहरुलाई हटाउंदै सर्वसाधारण जनताहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई निरन्तरता दिईरहेका छन् । यसैगरि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले बुङ्गमती रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर, नारायण मन्दिर र ईन्द्रायणी ईलाकाको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने तथा हनुमानढोकाको भग्नावशेषलाई टुँडिखेलमा ल्याई राख्ने कार्र्य गरिरहेको छ । यसैगरी पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।  

५. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउने तर्पm अग्रसर भई अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।