नेपाली सेनाद्वारा उद्धार, राहत तथा भग्नाबशेष हटाउने  कार्य जारी


१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ २० गते पनि प्राथमिकताका साथ उद्धार, राहत पु¥याउने एवं भग्नाबशेष हटाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने कार्य गर्दै आईरहेको छ ।

२. हिजो मिति २०७२ जेष्ठ १९ गते नेपाली सेनाको छाउनीस्थित जंगी असवाव खानामा एक समारोहबीच व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापाको उपस्थितीमा Rotary International का District Governor (DG) Rabindra Piya  ले नेपाली सेनालार्ई १२६ बाकस क्लोदिङ्गका सामानहरु (व्ल्यांकेट, बेड सिट, रुमाल आदी) र ८४ बाकस मेडिकल (औषधी तथा मेडिकल पोशाक) का राहत सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो । 

३. आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित रामेछाप, गोरखा, धादिङ र खोटाङ जिल्लाको विभिन्न स्थानहरुमा ६,८५० के.जी. खाद्यान्न र १,६७० के.जी. राहत सामाग्री पु¥याएको छ भने दोलखा जिल्लामा अलपत्रमा परेका ३ जना स्वदेशी नागरिकलाई उद्धार गरेको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २६ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा २,६४,००० लिटर खानेपानी वितरण गरेको छ । 
 
४. त्यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले बुङ्गमती रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर, नारायण मन्दिर र ईन्द्रायणी ईलाकाको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने तथा हनुमानढोकाको भग्नावशेषलाई टुँडिखेलमा ल्याई राख्ने कार्र्य गरिरहेको छ । यसैगरी पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।  

५.   बिभिन्न मित्रराष्ट्रहरुबाट आएका खोज, उद्धार तथा मेडिकल टोली फिर्ता हुने क्रममा आज मिति २०७२÷०२÷२० गते क्यानडाका २३ जना सेना फिर्ता भएका छन् । फिर्ता हुन बांकी रहेका भारतीय सेनाका ६९ तथा क्यानडाका ७ जना गरि जम्मा ७६ जना विदेशी सैनिकहरु पनि फिर्ता हुने क्रममा रहेका छन् । 

६. नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउने तर्पm अग्रसर भई अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।