मित्रराष्ट्र भारतबाट खोज तथा उद्धारको लागि आएका फौजहरु  स्वदेश फिर्ता 


१. मिति २०७२ बैशाख १२ गते आमविनाशकारी भूकम्प गएपश्चात तत्काल खोज तथा उद्धार कार्यको लागि विभिन्न १८ वटा मित्रराष्ट्रहरुका सेनाहरुको टोली आवश्यक उद्धार सामाग्री, हवाई साधन तथा विशेष तालिम प्राप्त कुकुरहरु सहित नेपाल आएको थियो । नेपाली सेनाको समन्वय तथा सहकार्यमा मित्रराष्ट्रका सेनाहरु विभिन्न स्थानहरुमा खट्टि क्रमशः भूकम्प पीडितहरुको खोज, उद्धार, राहत, घाइते बिरामीहरुलाई उपचार सेवा प्रदान गर्ने कार्य, अवरुद्ध सडक खुलाउने एवम् भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्यमा एकजुट भई तदारुकताका साथ प्रभावकारी ढंगबाट कार्य संचालन गरेका थिए । 

२. यसरी बिभिन्न मित्रराष्ट्रहरुबाट खोज तथा उद्वारको लागि आएका टोलीहरु फिर्ता हुने क्रममा आज मिति २०७२÷०२÷२१ गते मित्रराष्ट्र भारतका सम्पुर्ण फौज, उद्वार सामाग्री लगायत हवाई साधन स्वदेश फिर्ता भएको छ । 

३. भारतीय सेनाले आम बिनाशकारी भूकम्प गएको ६ घण्टाभित्र नै खोज तथा उद्धार टोली लगायत आवश्यक पर्ने उद्धार सामाग्री एवं हवाई साधन आई नेपाल र नेपाली जनताको लागि अतुलनिय सहयोग पु¥याएको छ । यसै अनुरुप बिभिन्न समयमा भारतीय सेनाको ७११ जना खोज तथा उद्धार टोली, २२६ जना मेडिकल टोली, ३३२ जना Comabt Engineers Team तथा २२६ Air Force Team गरी कुल जम्मा १४१५ जना साथै MI 17 - ८ वटा एवं ALH -  ५ वटा आएको थियो । 

४. भारतीय सेनाले नेपाली सेनासंग प्रभावकारी समन्वय गरी भूकम्प पीडित स्थानीय बासिन्दाहरुको खोज, उद्धार, राहत पु¥याउने, घुम्ती शिबिर संचालन गरी उपचार सेवा प्रदान गर्ने, भग्नावशेष हटाउने जस्ता क्रियाकलापहरुमा संलग्न रहेको थियो । सोही क्रममा भारतीय सेनाको मेडिकल टिमले काठमाण्डौंको लगनखेलमा Level -II अस्पताल संचालन गरी ६७१ जना भूकम्प पीडित घाईते तथा बिरामीलाई उपचार गरेको साथै सिनामंगलमा अस्पताल संचालन गरी २३१० जना भूकम्प पीडित घाईते तथा बिरामीलाई उपचार गरेको थियो । यसैगरी उक्त मेडिकल टिमले नेपाली सेनाको मेडिकल टिमसंग संयुक्त रुपमा गोरखा जिल्लाको बारपाक, धादिङ बेशि तथा चरिकोटमा घुम्ती स्वास्थ्य शिविर संचालन गरी भूकम्प पीडित घाईते तथा बिरामीलाई उपचार सेवा प्रदान गरेको थियो । 

५. यसैगरी भारतीय वायुसेनाको MI7 र भारतीय सेनाको ALH हेलिकप्टरहरु नेपाली सेनासंग समन्वय गरी काठमाण्डौंमा तथा पोखरामा तैनाथ गरी खोज, उद्धार तथा राहत पु¥याउने कार्यमा सहयोग गरेको थियो । जस अनुसार भारतीय वायुसेनाले काठमाण्डौंमा १३८९ फ्लाईट गरी भूकम्प प्रभावित जिल्लाहरुमा २०७३ जना स्वदेशी नागरिक तथा २०७ जना विदेशी नागरिकलाई उद्धार गर्नुको साथै ३,९६,६३५ के.जी. खाद्यान्न एवं १,६२,०९५ के.जी. राहत सामग्री पु¥याएको थियो । यसैगरी भारतीय वायुसेनाले पोखराबाट ९८२ जना स्वदेशी नागरिक तथा ७७ जना विदेशी नागरिकलाई उद्धार गर्नुको साथै १,५०,८८० खाद्यान्न के.जी. एवं १,२३,२३० के.जी. राहत सामग्री पु¥याएको थियो ।


६. यसैगरी भारतीय सेनाको Combat Engineers Team ले नेपाली सेनाको Engineers संग संयुक्त रुपमा १ ह टिम गोरखा जिल्लाको बारपाकमा तथा ३ ह टिम भक्तपुर जिल्लाको बिभिन्न स्थानहरुमा तैनाथ भई अवरुद्ध सडक खुलाउने तथा भग्नावशेषहरु हटाउने कार्यलाई उच्च प्राथमिकता दिदै कार्य संचालन गरेको थियो । 

७. यसै क्रममा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले मित्रराष्ट्र भारतीय सेना प्रभावकारीरुपमा परिचालित भई खोज, उद्धार एवम् राहत कार्यमा परिचालित भई लगातार रुपमा आमजनमानसको दैनिकीलाई सामान्यीकरण गर्न अहोरात्र खट्टिरहेको तथा देश र देशवासीलाई परेको यस कठिन विपद्को घडीमा मित्रराष्ट्र तथा मित्रराष्ट्रको सेनाहरुबाट भएको सहयोगको प्रशंसा गर्दै भारतीय सेनालाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो । यसै क्रममा प्राविधिक उपरथी पाईलट शतिस चन्द्र शाहले Indian Army Task Force Headquarter का Brigadier General J. Gamlin तथा Indian Air Force का Air Commander H.K.Suresh  लाई सैनिक हवाई महानिर्देशनालयमा एक कार्यक्रमका बिच बिदाई गर्नु भएको थियो । 

८. नेपाल र नेपालीलाई परेको यस कठिन घडीमा मित्रराष्ट्रहरुबाट प्राप्त भएको अतुलनिय सहयोगले सबै मित्रराष्ट्रहरुसंग लामो समयदेखि रही आएको आपसी हित तथा पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।