नेपाली सेनाद्वारा खोज, भग्नाबशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने  कार्य जारी

१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ २१ गते पनि प्राथमिकताका साथ खोज तथा भग्नाबशेष हटाउने तथा अबरुद्ध सडक खुलाउने कार्य गरी सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने कार्य गर्दै आईरहेको छ ।

२. आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. द्वारा लक्ष्मी निवासस्थित नं.१० बाहिनी अड्डा तथा हाता भित्र रहेका अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री राणाले भूकम्प पीडित तथा घाइतेहरुको लागि हालसम्म गरेको कार्य तथा भावी योजना लगायत वस्तुस्थितिको बारेमा जानकारी लिनु भएको थियो तथा उक्त बाहिनी हाता भित्र रहेका विनाशकारी भूकम्पबाट भत्कीएका व्यारेक घरहरुको समेत अवलोकन गर्नु भएको थियो । निरीक्षणको क्रममा प्रधानसेनापति श्री राणाले उक्त युनिटहरुका सकल दर्जालाई सम्बोधन गर्नुहुँदै आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गर्न राष्ट्र तथा जनताको सेवामा दत्तचित्त भई लाग्नुपर्ने बताउनु हुंदै आप्mनो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो । 

३. बिनाशकारी भूकम्प पश्चात रसुवा जिल्लाको लाङटाङ उपत्यकामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरुको शव खोजी कार्यको लागी हिमपहिरो जाने क्रममा कमी भए पश्चात पुनः हिजो मिति २०७२ जेष्ठ २० गतेबाट नेपाली सेनाको रेन्जर डार्ट टिम परिचालन गरि खोजी कार्यलाई शुरु गरिएको छ । साथै स्याफ्रुबेशीबाट केन्जिङ्गसम्मको बाटो खुलाउने कार्यको लागि नेपाली सेनाका थप फौजहरु समेत परिचालन गरिएको छ । 

४. नेपाली सेनाले मिति २०७२ बैशाख १२ गतेदेखि हालसम्म श्री वीरेन्द्र सैनिक अस्पतालमा भुकम्प पीडित घाईते बिरामीहरु गरी १२६३ जनालाई उपचार गरिसकेको छ भने २५४ जनालाई जटिल प्रकृतिको तथा ४१३ जनालाई सामान्य प्रकृतिको अर्थो अपरेशन एवं ३२५ जनालाई अन्य प्रकृतिको सामान्य खालको अपरेशन समेत गरिसकेको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २९ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा ३,१५,००० लिटर खानेपानी वितरण गरेको छ । 

५. त्यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले त्रिपुरेश्वरस्थित नारायण मन्दिर, जगत नारायण मन्दिरको सत्तल, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर र साँखु ईलाकाको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्र्य गरिरहेको छ । यसैगरी पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।  

६.  नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य गराउने तर्पm अग्रसर भई अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।