US Marine Corps को UH-1y Huey हेलिकप्टर दुर्घटनामा थप ५ जना गैर सैनिक व्यक्तिहरु पनि रहेको पुष्टी

१. मिति २०७२ बैशाख २९ गते दुर्घटनाग्रस्त US Marine Corps को ग्ज्UH-1y Huey हेलिकप्टरमा थप ५ जना नेपाली गैर सैनिक व्यक्तिहरु पनि रहेको डि.एन.ए.परिक्षण पश्चात पुष्टी भएको छ ।  

२. मिति २०७२ बैशाख २९ गते गएको विनाशकारी भूकम्प पश्चात उद्धार तथा राहत कार्यमा काठमाण्डौबाट दोलखा तथा सिन्धुपाल्चोक जिल्लामा परिचालित US Marine Corps को UH-1y Huey हेलिकप्टर सोही मितिबाट सम्पर्क विहिन भई खोजतलास गर्दा मिति २०७२ जेष्ठ १ गते सिन्धुपाल्चोक र दोलखा जिल्लाको सिमानामा पर्ने कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्पm करिव ११,२०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । 

३. दुर्घटनाग्रस्त ईलाकाबाट फेला परेको मानव अस्थिपन्जरको भागहरु (Human Remains) लगायत घटनास्थलबाट प्राप्त बिभिन्न प्रमाणहरुको नेपाली सेना तथा संयुक्त राज्य अमेरिकाको बिशेषज्ञ टोलीद्वारा संयुक्त रुपमा अनुसन्धान गरीएको थियो । नेपाली सेनाका २, US Marines का ६ तथा नेपाली गैर सैनिक व्यक्तिहरु ५ जनाको पहिचानको लागि डि.एन.ए.परिक्षण गर्न पठाईएकोमा सो को अन्तिम परिक्षण प्रतिवेदन अनुसार उक्त दुर्घटना भएको UH-1y Huey हेलिकप्टरमा नेपाली सेनाका २ जना, US Marines Corps का ६ जना US Marine गरी ८ जना सैनिक व्यक्तिहरु र नेपाली गैर सैनिक व्यक्तिहरु दोलखा जिल्ला लादुक ७ का धु्रव कट्वाल, लोक बहादुर कट्वाल, शिव खत्री, यम बहादुर खत्री र लामिडांडा गा.बि.स.की साबित्री सिवाकोटी गरि ५ जना गरी जम्मा १३ जना रहेको डि.एन.ए. परिक्षण पश्चात पुष्टि हुन आएको छ  । 

४. दुर्घटनामा परेका नेपालीहरु मध्ये सह सेनानी तपेन्द्र रावलको पहिचान गरी अन्तिम सम्मान दिई निजको पार्थिव शरिर आफ्नो परिवारलाई बुझाई सकिएको छ । 

५. बांकी रहेका सैनिक जमदार बसन्त बहादुर तितरा र गैर सैनिक ५ जनाको पार्थिव शरिरलाई पनि आ–आफ्नो परिवारलाई बुझाउने व्यवस्था मिलाईएको छ ।  

६. निःस्वार्थ भावनाले आफ्नो जिम्मेवारी पुरा गर्न नेपाल र नेपाली जनताको सेवा गर्ने क्रममा निधन हुनु भएका नेपाली सैनिकहरु एवं US Marines लगायत दुर्घटनामा परी निधन हुनु भएका नेपाली गैर सैनिक व्यक्तिहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारहरु प्रति नेपाली सेना हार्दिक समवेदना व्यक्त गर्दछ ।