नेपाली सेनाद्वारा खोज, उद्धार, राहत, भग्नाबशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य जारी


१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ २२ गते पनि प्राथमिकताका साथ खोज, उद्धार, राहत, भग्नावशेष हटाउने तथा अबरुद्ध सडक खुलाउने कार्य गरी सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने कार्य गर्दै आईरहेको छ ।

२. विनाशकारी भूकम्प पश्चात रसुवा जिल्लाको लाङटाङ उपत्यकामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरुको शव खोजी कार्यको लागी हिमपहिरो जाने क्रममा कमी भए पश्चात पुनः नेपाली सेनाको रेन्जर Disaster Assessment and Response Team (DART) परिचालन गरि खोजी कार्यलाई निरन्तरता दिईरहेको छ । साथै स्याफ्रुबेशीबाट केन्जिङ्गसम्मको बाटो खुलाउने कार्यको लागि समेत नेपाली सेना प्रयासरत रहेको छ । 

३. आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित सिन्धुपाल्चोक र दोलखा जिल्लाको विभिन्न स्थानहरुमा २५० के.जी. खाद्यान्न पु¥याएको छ भने सिन्धुपाल्चोक जिल्लामा अलपत्रमा परेका १ जना भूकम्प पीडित घाईते तथा बिरामी स्वदेशी नागरिकलाई उद्धार गरेको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २५ वटा केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुद्वारा २,७४,००० लिटर खानेपानी वितरण गरेको छ ।

४. त्यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले वसन्तपुर दरबार स्क्वायर, त्रिपुरेश्वरस्थित नारायण मन्दिर, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर र साँखु ईलाकाको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्र्य गरिरहेको छ । यसैगरी पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।  

५.  नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य बनाउने तर्पm अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।