नेपाली सेनाको ध्यानाकर्षण


१. केहि पत्रपत्रिका तथा बिद्युतिय संचारमाध्यमहरुमा नेपाली सेनाले कार्यविधि नभएकोले एक सातादेखि राजधानी लगायतका स्थानको भूकम्पबाट क्षतिग्रस्त संरचना भत्काउन छाडेको भन्ने समाचारहरु संप्रेषण भएकोप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।
२. नेपाली सेना भूकम्प प्रभावित विभिन्न जिल्लाहरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै प्राथमिकताकासाथ भूकम्पबाट क्षतिग्रस्त भई जोखिमयुक्त घरहरुलाई भत्काउंदै सर्वसाधारण जनतालाई सुरक्षाको प्रत्याभूति दिलाई जनताको दैनिकी सामान्यीकरण गर्न योगदान दिंदै आईरहेको छ । नेपाल सरकार, शहरी बिकास मन्त्रालयको संयोजकत्वमा जोखिमयुक्त क्षतिग्रस्त भवनहरु भत्काउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सम्बन्धित नगरपालिका÷गा.वि.स. समेतको संलग्नतामा स्थान बिशेषमा नेपाली सेनाको नेतृत्वमा उक्त कार्य संचालन गर्दै आईरहेको छ । 
३. जोखिमयुक्त निजी स्वामित्वका घर भत्काउने तथा भग्नावशेष व्यवस्थापन गर्ने सन्दर्भमा खर्च व्यहोर्ने श्रोत समेतको बिद्यमान कानून तथा अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी आवश्यक नीति तयार गर्ने कार्य भईरहेको साथै प्राथमिकता अनुसार पुरातात्विक महत्वका भौतिक संरचना लगायत जोखिमयुक्त भवनहरु भत्काउने एवं व्यवस्थापन गर्ने कार्यमा नेपाली सेना अहोरात्र खट्टि नै रहेको र भविष्यमा पनि खट्टिरहनेछ । 
४. नेपाली सेना नेपाल र नेपाली जनताप्रति सदैव समर्पित रहेको जानकारी गराउंदै नेपाल सरकारको नीति निर्देशनको हरदम पालना गर्दै मुलुकमा आइपरेको विपद् तथा भविष्यमा आईपर्ने कुनैपनि विपद्मा खोज, उद्धार तथा राहत कार्यमा तत्काल परिचालन भई जनधनको क्षतिलाई न्यूनिकरण गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न तयार रहेको छ ।
५. तसर्थ, नेपाली सेनाले गरेको कार्यहरुको सम्बन्धमा दैनिक रुपमा बिज्ञप्तिमार्पmत जानकारी गराउंदा गराउंदै पनि सत्यतथ्य एकिन नगरी सहि समाचार संप्रेषण नगरि सुरक्षाफौज प्रति नकारात्मक सन्देश जाने र सुरक्षा फौजको मनोबलमा आंच पु¥याउने खालका संवेदनशील विषयहरुमाथि समाचार संप्रेषण नगर्न तथा खबर एकिन गरी जिम्मेवार र संवेदनशील भई समाचार संप्रेषण गर्न सम्पूर्ण संचार जगतले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।