UNMISS Mission, South Sudan मा Deputy Force Commander/Contingent Commander को नियुक्तिमा कार्य सम्पन्न गरी स्वदेश फिर्ता

१. संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि  UNMISS Mission, South Sudan मा Deputy Force Commander/Contingent Commander को नियुक्तिमा कार्यरत रहन जानु भएका उपरथी श्री रमेश पुन आप्mनो कार्यकाल समापन गरी आज मिति २०७२ जेष्ठ २४ गते स्वदेश फिर्ता हुनु भएको छ ।

२. उक्त नियुक्तिमा कार्यरत रहनको लागि मिति २०७० फाल्गुन २६ गते मिशन ईलाकातर्पm प्रस्थान गर्नु भएका उपरथी श्री पुन आज स्वदेश फिर्ता हुनु भएको हो ।

३. उपरथी श्री पुनलाई नेपाली सेनाको गौचरस्थित ईन्जिनियर निर्देशनालयका निर्देशक सहायक रथी समिर शाहीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

४. यसरी आप्mनो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता हुनाले नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा शान्ति स्थापनाको लागि पु¥याउंदै आएको योगदानको उच्च मुल्याङ्कन हुनुको साथै नेपाल र नेपालीको अन्तर्राष्ट्रिय क्षेत्रमा छवि उच्च पार्न समेत थप मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।