नेपाली सेनाद्वारा खोज, उद्धार, भग्नाबशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य जारी

१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ २५ गते पनि प्राथमिकताका साथ खोज, उद्धार, भग्नावशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य गरी सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने कार्य गर्दै आईरहेको छ ।

२. विनाशकारी भूकम्प पश्चात रसुवा जिल्लाको लाङटाङ उपत्यकामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरुको शव खोजी कार्यको लागी आजपनि नेपाली सेनाको बिशेष तालिम प्राप्त रेन्जर गणको Disaster Assessment and Response Team (DART) को साथै आवश्यक नफ्रीको फौज परिचालन गरि खोजी कार्यलाई निरन्तरता दिईरहेको छ । साथै स्याफ्रुबेशीबाट केन्जिङ्गसम्मको बाटो खुलाउने कार्यको लागि समेत नेपाली सेना प्रयासरत रहेको छ । त्यस्तै नेपाली सेनाले आज बिहानसम्म रसुवा जिल्लाको स्याफ्रुबेशीदेखि मान्चेतसम्मको ३८०० मि. अवरुद्ध सडक खुलाउने कार्य गरेको छ । 

३. त्यसैगरी भूकम्प प्रभावित विभिन्न क्षेत्रहरुमा नेपाली सेना परिचालन भई क्षतिग्रस्त भवन भत्काउने, भूकम्प पीडितहरुको लागि घर टहरा निर्माण गर्ने, विद्यालयको पठनपाठन सूचारु गर्न कक्षा कोठाहरु निर्माण गर्ने जस्ता जनहितका कार्यहरुलाई पनि प्राथमिकतामा राखी निरन्तरता दिदै आईरहेको छ । त्यस्तै आज नेपाली सेनाले हवाई साधनद्वारा गोरखा जिल्लाबाट १ जना र  धादिङ्ग जिल्लाबाट १ जना गरी जम्मा २ जनालाई उद्धार गरेको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २६ वटा केन्द्रहरुमा १३ वटा पानी ट्यांकरहरुद्वारा २,८१,५०० लिटर खानेपानी वितरण गरेको छ ।

५. त्यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले आज बिहानसम्म उपत्यका भित्रका १७ वटा र उपत्यका बाहिरका २९ वटा जोखिमयुक्त पुरातात्विक संरचनाहरु भत्काउने एवम् भग्नावशेष व्यवस्थापन गर्ने कार्य सम्पन्न गरीसकेको छ । त्यसैगरी उपत्यका भित्र वसन्तपुर दरबार स्क्वायर, त्रिपुरेश्वरस्थित नारायण मन्दिर, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर र साँखु ईलाकाको पुरातात्विक महत्वका संरचनाहरु एवं र थापाथलीस्थित नेपाल राष्ट्र बैंकको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्र्य गरिरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।  
६.  नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य बनाउने तर्पm अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।