क्षेत्रीय तहको United Nations Military Observer तालिम सम्पन्न

१. काभ्रेपलाञ्चोकको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन भएको स्वदेशी तथा विदेशी अधिकृतहरु सम्मिलित क्षेत्रीय तहको संयुक्त राष्ट्र संघीय सैनिक पर्यवेक्षक (United Nations Military Observer) तालिम आज मिति २०६७ मंसिर १७ गते सम्पन्न भयो । २. नेपालमा पहिलो पटक संचालन गरिएको यस तालिममा विभिन्न मित्रराष्ट्रका अधिकृतहरुको सहभागिता रहेको थियो । चीन, बंगलादेश र संयुक्त राज्य अमेरिकाका अधिकृतहरु सम्मिलित उक्त तालिमको श्री सैनिक विनय महानिर्देशक, उपरथी श्री अनिलजंग थापाले तालिम केन्द्रमा आज आयोजित एक कार्यक्रमका बीच समापन गर्नु भएको थियो । ३. यस तालिमको दौरान सहभागी अधिकृतहरुलाई राष्ट्र संघको विभिन्न प्रणालीहरु, मानव अधिकार, लैंगिक सचेतना, संवाद तथा सम्झौताका सीपहरुलगायत सैनिक पर्यवेक्षकको हैसियतले सम्पादन गर्नु पर्ने विविध विषयहरुबारे जानकारी गराइएको थियो । ४. सो अवसरमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।