US Marine Corps को  UH-1Y Huey  हेलिकप्टर दुर्घटनामा परि दिवंगत हुनु भएका जमदार बसन्त बहादुर तितराको पार्थिव शरिरलाई अन्तिम सम्मान स्वरुप सलामी प्रदान 


१. मिति २०७२ बैशाख २९ गते खोज, उद्धार तथा राहत सामग्री पु¥याउनको लागि खट्टिएको US Marine Corps को  UH-1Y Huey हेलिकप्टर सिन्धुपाल्चोक जिल्लाको घोर्थली गा.वि.स. वडा नं. ३ को अति विकट तथा अप्ठ्यारो ईलाकामा दुर्घटनाग्रस्त भई दिवंगत हुनुभएका नेपाली सेनाका जमदार बसन्त बहादुर तितराको पार्थिव शरिरलाई आज मिति २०७२ जेष्ठ २६ गते गौचरस्थित नेपाली सेनाको कालीप्रसाद गणको प्राङ्गणमा सैनिक सम्मानकासाथ अन्तिम श्रद्धान्जली अर्पण गरिएको छ ।

२. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले वहांको पार्थिव शरिरमा माल्यार्पण गर्नुभई नेपाली सेनाको तर्पmबाट भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्नुभएको  थियो । सोही अवसरमा नेपाली सेनाका रथीबृन्द, नेपालस्थित अमेरिकी राजदुतावासका प्रतिनिधिहरु, उक्त दुतावासमा कार्यरत अधिकृत, पदिक, सकलदर्जा एवं वहांका नाता कुटुम्ब तथा परिवारजनहरुले पुष्पमाला अर्पण गरी भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभएको थियो । सोही क्रममा वहांको पार्थिव शरिरलाई नेपाली सेनाको एक टुकडी र अमेरिकी राजदुतावासमा तैनाथ US Marine Corps को टुकडीले समेत अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेको थियो भने वहांको पार्थिव शरिरलाई आजै नेपाली सेनाको हवाई साधनद्वारा जन्मस्थल महाकाली अन्चल दार्चुला जिल्ला शिखर गा.वि.स. वडा नं. २ बारील पु¥याई आफन्तलाई बुझाउने व्यवस्था मिलाईएको छ ।

३. साथै उक्त हेलिकप्टर दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा दिवंगत हुनुभएका नेपाली सेनाका सह सेनानी श्री तपेन्द्र रावलको पार्थिव शरिरलाई मिति २०७२ जेष्ठ १८ गते सैनिक सम्मानकासाथ अन्तिम श्रद्धान्जली अर्पण पश्चात वहांको पार्थिव शरिरलाई नेपाली सेनाको हवाई साधनद्वारा जन्मस्थल दैलेख जिल्ला नारायण नगरपालिका वडा नं. ८ रिन्हा पु¥याई आफन्तलाई बुझाईएको थियो । 

४. नेपाली सेना तथा संयुक्त राज्य अमेरिकाको बिशेषज्ञ टोलीद्वारा गरिएको संयुक्त अनुसन्धान पछि उक्त हेलिकप्टर दुर्घटनामा थप ५ जना नेपाली गैर सैनिक व्यक्तिहरु (दोलखा जिल्ला लादुक ७ का धु्रव कट्वाल, लोक बहादुर कट्वाल, शिव खत्री, यम बहादुर खत्री र लामिडांडा गा.बि.स.की साबित्री सिवाकोटी) रहेको डि.एन.ए.परिक्षण पश्चात पुष्टी भएको थियो । वहांहरुको पार्थिव शरिरलाई नेपाल प्रहरी र सम्बन्धितहरुको रोहबरमा हिजो मिति २०७२÷२÷२५ गते नै वहांहरुका आफन्तजनहरुलाई बुझाइएको छ ।

६. निःस्वार्थ भावनाले आफ्नो जिम्मेवारी पुरा गर्न नेपाल र नेपाली जनताको सेवा गर्ने क्रममा निधन हुनु भएका नेपाली सैनिकहरु एवं ग्क् ःबचष्लभक लगायत दुर्घटनामा परी निधन हुनु भएका नेपाली गैर सैनिक व्यक्तिहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारहरु प्रति नेपाली सेना हार्दिक समवेदना व्यक्त गर्दछ ।