नेपाली सेनाद्वारा खोज, उद्धार, राहत, भग्नाबशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य जारी

१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ २६ गते पनि प्राथमिकताका साथ खोज, उद्धार, राहत, भग्नावशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य गरी सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने कार्य गर्दै आईरहेको छ ।

२. विनाशकारी भूकम्प पश्चात रसुवा जिल्लाको लाङटाङ उपत्यकामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरुको शव खोजी कार्यको लागी खट्टिएको नेपाली सेनाको बिशेष तालिम प्राप्त रेन्जर गणको Disaster Assessment and Response Team (DART)  ले हिजो मिति २०७२÷०२÷२५ गते ३ जना र  आज २ जनाको शव उत्खनन् गरी निकालेको छ । जसमध्ये आज उत्खनन् गरिएको २ वटा शव मध्ये १ वटा फ्रेन्च महिला नागरिक रहेको पहिचान खुल्न आएको छ भने अन्य बांकी शवहरुको पहिचान खुल्न बांकी रहेको छ । उक्त ईलाकामा हालसम्म पनि नेपाली सेनाले खोजी कार्यलाई निरन्तरता दिईरहेको छ । 

३. नेपाली सेनाले आज बिहानसम्म रसुवा जिल्लाको रिम्चेबाट रिभर साईडसम्मको करिव ५ कि.मि. अवरुद्ध सडक खुलाउने कार्य गरेको छ भने भोली रसुवा जिल्लाको घोडातवेला सम्मको अवरुद्ध सडक खुलाउने योजना रहेको छ । साथै रसुवा जिल्लाको स्याफ्रुबेशीबाट केन्जिङ्गसम्मको बाटो खुलाउने कार्यको लागि समेत नेपाली सेना प्रयासरत रहेको छ । त्यस्तै नेपाली सेनाले दोलखा जिल्लाको सिंगटीबाट लादुक जाने बाटोको ३०० मिटर पहिरो हटाई हालसम्म १७ मिटर सडक खुल्ला गरेको र गोंगरदेखि सिंगटी सडक खण्डमा ५०० मिटर पहिरो हटाई आज       विहानसम्म १४.५ कि.मि. सडक खुलाएको छ । त्यस्तै आज नेपाली सेनाले हवाई साधनद्वारा सिन्धुपाल्चोक जिल्लाबाट १ जना स्वदेशी नागरीकलाई उद्धार गरेको छ । 

४. आज विहानसम्म नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित सिन्धुपाल्चोक     जिल्लामा ०.१५ टन राहत सामाग्री पु¥याएको छ । त्यसैगरी स्थलमार्गबाट सिन्धुपाल्चोक जिल्लामा ८.०१ टन खाद्यान्न र ८.३३ टन अन्य राहत सामग्री, गोरखा जिल्लामा ४.१ टन खाद्यान्न र ६१.३ टन अन्य राहत सामग्री, काठमाण्डौ जिल्लामा २७.६४ टन खाद्यान्न र १६.३१ टन अन्य राहत सामग्री, धादिङ्ग जिल्लामा ३३.०३ टन खाद्यान्न, ओखलढुंगा जिल्लामा ०.८३ टन राहत सामग्री, दोलखा जिल्लामा ७.४९ टन खाद्यान्न र ०.१६ टन अन्य राहत सामग्री, रसुवा जिल्लामा ९.६ टन राहत सामग्री तथा सिन्धुली जिल्लामा ५.७ टन राहत सामग्री गरी जम्मा ८०.२७ टन खाद्यान्न र १०२.२३ टन राहत सामग्री पु¥याएको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २७ वटा केन्द्रहरुमा १३ वटा पानी ट्यांकरहरुद्वारा २,८३,५०० लिटर खानेपानी वितरण गरेको छ ।

५. नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले उपत्यका तथा उपत्यका बाहिरका जोखिमयुक्त घर तथा पुरातात्विक संरचनाहरु भत्काउने एवम् भग्नावशेष व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिईरहेको छ । सोही क्रममा आज नेपाली सेनाले काठमाण्डौ जिल्लाको विभिन्न स्थानमा रहेको कंक्रिट घर १ र कच्ची घर ११, भक्तपुर जिल्लामा कंक्रिट घर ४ र कच्ची घर १३ एवम् ललितपुर जिल्लामा कच्ची घर ११ वटा हटाउंदै सर्वसाधारण जनताहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई निरन्तरता दिईरहेका छन् । त्यसैगरी उपत्यका भित्र वसन्तपुर दरबार स्क्वायर, त्रिपुरेश्वरस्थित नारायण मन्दिर, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, थापाथलीस्थित नेपाल राष्ट्र बैंक, चाँगुनारायण मन्दिर, साँखु एवं बनेपा ईलाकाको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्र्य गरिरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।  
६.  नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य बनाउने तर्पm अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।