नेपाली सेनाको लागी २ गोटा MI-17V-5 हेलिकप्टर काठमाण्डौ आईपुगेको 


१. मिति २०७० कार्तिक १४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाको लागि आवश्यक २ (दुई) गोटा हेलिकप्टर खरिद गर्नका लागि “नेपाली सेनाको लागि हेलिकप्टर खरिद सम्बन्धी कार्यविधि” पारीत भएको । सोही कार्यविधिको प्रावधान अनुरुप प्रधान सेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा.बाट नेपाली सेनाको लागि मित्रराष्ट्र रुसबाट २(दुई) गोटा Brand New MI-17V-5  हेलिकप्टर खरिद गर्ने स्विकृती भएको थियो । उक्त २ (दुई) गोटा हेलिकप्टरहरु आज मिति २०७२ जेष्ठ २६ गते काठमाण्डौ आईपुगेको छ ।
२. नेपाली सेनालाई आवश्यक उक्त प्रकृतिको हेलिकप्टर मित्रराष्ट्र रुसमा मात्र उत्पादन हुने भएकोले नेपालस्थित रुसको राजदुतावास मार्फत खरिद प्रक्रिया अगाडी बढाईएको थियो । मित्रराष्ट्र रुसको सरकारी स्वामित्वमा रहेको उक्त हेलिकप्टर आपूर्ति गर्ने अधिकार प्राप्त एक मात्र कम्पनी Joint Stock Company Rosoboronexport संग नियमानुसार मिति २०७० पौष ४ गते (19 December 2013) उक्त २ (दुई) गोटा MI-17V-5 हेलिकप्टर खरिद गर्ने सम्झौता गरिएको थियो । 
३. नेपाली सेनाको सामरिक क्षमताको लागि एक रणनीतिक साधनको रुपमा रहने Military version को हेलिकप्टर खरिद गर्नु पर्ने भएकोले हाल नेपाली सेनाले प्रयोग गर्दै आईरहेको ठुलो हवाई साधनहरुसंग एकरुपता आउने, नेपालमा नै उपलव्ध पाईलटहरुद्धारा सहज तरिकाले उडान भर्न सक्ने, स्तरियता कायम (Standarization) गर्न मद्धत पुग्ने र दीर्घकालिन रुपमा मितव्ययी हुन जाने तथ्यहरुलाई समेत मध्यनजर राखी उक्त हेलिकप्टरहरु खरिद गरिएको हो । 

४. नेपालको विकट भौगोलिक अवस्था र प्रतिकूल मौसममा समेत उडान गर्न सक्ने तथा बढी भार वहन क्षमता भएको र छिमेकी मित्रराष्ट्रहरु बंगलादेश, भारत, पाकिस्तान तथा चीनमा पनि हाल यस किसिमका हेलिकप्टरहरु प्रयोगमा रहेको । नेपालमा पटक(पटक तथा हालैको बिनाशकारी भूकम्प पश्चात सञ्चालित खोज, उद्धार तथा राहत कार्यमा प्रभावकारी सिद्ध भएको उक्त MI-17 हेलिकप्टरहरु सोही कार्यमा हालै नेपालमा संलग्न भारतीय वायु सेना र चिनियां जनमुक्ति सेनाले समेत प्रयोगमा ल्याएका थिए । 
५. उक्त २ (दुई) हेलिकप्टरको आयातले बि.सं. २०६३ साल देखि अवरुद्ध महत्वपूर्ण सैनिक सामग्रीको आपूर्तिले निरन्तरता पाई नेपाली सेनाको आधुनिकीकरण एवं पूनर्ढांचा गर्ने लक्ष्य अनुरुप तर्जुमा भएको १० बर्षे दीर्घकालीन योजनामा उल्लेखित Army Aviation Rotary Wingको बिद्यमान हवाई क्षमता अभिबृद्धि हुन जानुको साथै हाल मुलुकमा आइपरेको विपद् तथा भविष्यमा आईपर्ने यस प्रकारको कुनैपनि प्राकृतिक विपद्मा खोज, उद्धार तथा राहत पु¥याउने कार्यमा समेत तत्काल परिचालन गरी जनधनको क्षतिलाई न्यूनिकरण गर्न यी हेलिकप्टरको महत्वपूर्ण भूमिका रहने विश्वास नेपाली सेनाले लिएको  छ ।