नेपाली सेनाद्वारा खोज, उद्धार, राहत, भग्नाबशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य जारी


१. नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज मिति २०७२ जेष्ठ २७ गते पनि प्राथमिकताका साथ खोज, उद्धार, राहत, भग्नावशेष हटाउने तथा अवरुद्ध सडक खुलाउने कार्य गरी सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने कार्य गर्दै आईरहेको छ ।

२. विनाशकारी भूकम्प पश्चात रसुवा जिल्लाको लाङटाङ उपत्यकामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरुको शव खोजी कार्यको लागी खट्टिएको नेपाली सेनाको बिशेष तालिम प्राप्त रेन्जर गणको Disaster Assessment and Response Team (DART) ले खोजी कार्यलाई निरन्तरता दिईरहेको छ । साथै रसुवा जिल्लाको स्याफ्रुबेशीबाट केन्जिङ्गसम्मको बाटो खुलाउने कार्यको लागि समेत नेपाली सेना प्रयासरत रहेको छ । नेपाली सेनाले आज बिहानसम्म दोलखा जिल्लाको गोंगरदेखि सिंगटी सडक खण्डमा ७०० मिटर पहिरो हटाई आज विहानसम्म १५.२ कि.मि. सडक खुलाएको छ ।

३. आज नेपाली सेनाले हवाई साधनद्वारा भूकम्प प्रभावित धादिङ्ग जिल्लाको सेर्टुङ्ग गा.वि.स. को हिन्दुङ्गमा २,२०० के.जी. खाद्यान्न र १,१५० के.जी. राहत सामाग्री पु¥याएको छ । नेपाली सेनाले आजपनि उपत्यकाका २५ वटा केन्द्रहरुमा १३ वटा पानी ट्यांकरहरुद्वारा २,७६,५०० लिटर खानेपानी वितरण गरेको छ ।

४. नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीहरुले उपत्यका तथा उपत्यका बाहिरका जोखिमयुक्त घर तथा पुरातात्विक संरचनाहरु भत्काउने एवम् भग्नावशेष व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिईरहेको छ । त्यसैगरी उपत्यका भित्र वसन्तपुर दरबार स्क्वायर, त्रिपुरेश्वरस्थित नारायण मन्दिर, थापाथलीस्थित नेपाल राष्ट्र बैंक, साँखुस्थित नारायण मन्दिर, बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर एवं बनेपास्थित चण्डेश्वरी मन्दिर ईलाकाको पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषहरु व्यवस्थापन गर्ने कार्र्य गरिरहेको छ भने पुरातात्विक महत्वका संरचनाहरुको भग्नावशेषमा रहेका महत्वपुर्ण बस्तुहरुको सुरक्षाको निमित्त समेत अहोरात्र खट्टिरहेको छ ।  
५.  नेपाली सेना समस्त देश र देशबासी माथि आईपरेको बिपद्को यस कठिन घडीमा अनवरत रुपमा खोज, उद्धार तथा राहत कार्यमा जुटी सर्वसाधारण जनताहरुको जिउधनको सुरक्षार्थ एवम् दैनिकी सामान्य बनाउने तर्पm अहोरात्र खट्टिईरहने विश्वास दिलाउन चाहन्छ ।