ताप्लेजुङ्गमा नेपाली सेनाद्धारा खोज तथा उद्धार कार्य जारी

१. मिति २०७२ जेष्ठ २७ गते सांझदेखि परेको अविरल बर्षाको कारण ताप्लेजुङ्ग जिल्लाको पश्चिम क्षेत्रका लिवाङ्ग, लिङ्गतेप, खोक्लिङ्ग, थिङलाबु, सान्थाक्रा र मामाङखे गा.वि.स.हरुमा भिषण पहिरो गएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यको लागि नेपाली सेनाको टोली तुरुन्त परिचालन भएको छ । 

२. खोज तथा उद्धार कार्यको लागि तत्काल नेपाली सेनाको ताप्लेजुङ्गस्थित   गुल्मबाट २ टोली फौज परिचालन भएको छ । सो मध्ये पहिलो टोली खोक्लिङ्ग ईलाकामा परिचालित भई पहिरोले पुरिएकाहरुलाई उद्धार कार्यमा सहजताको लागि हेलिप्याडहरु निर्माण कार्य समेत गरिरहेको छ । खोक्लिङ्ग ईलाकामा खोज तथा उद्धारको क्रममा हालसम्म ३ वटा शव निकालेको छ भने ८ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सदरमुकाम पु¥याएको छ । सोही उद्धार गरिएको व्यक्तिहरु मध्ये ३ जना सिकिस्त घाइतेहरुलाई उपचारको निमित्त हेलिकप्टरद्धारा बि.पि. अस्पताल धरान पु¥याइएको छ । त्यस्तै दोश्रो टोली थिङलाबु गा.वि.स. मा पुग्ने क्रममा रहेको छ ।

३. नेपाली सेनाले विपद् व्यवस्थापन सम्बन्धी नीति र व्यवस्था अनुसार तुरुन्त सक्रिय भई उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गर्दै उक्त भिषण पहिरो गएको क्षेत्रमा खोज तथा उद्धार कार्य संचालन गर्दै क्षति न्युनिकरण गर्न खट्टि रहेको र यस किसिमको विपद् जहां कहिं भएपनि नेपाली सेना तुरुन्त खट्टिई उद्धार कार्य संचालन गर्दै आईरहेको छ र भविष्यमा पनि गर्दै जाने विश्वास दिलाउन चाहन्छ ।