प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान


१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७२÷०२÷०७ गतेकोे निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी श्री रमेश कुमार पुनलाई आज   मिति २०७२ जेष्ठ २९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि UNMISS Mission, South Sudan मा Deputy Force Commander को नियुक्तिमा कार्यरत रही आप्mनो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी मिति २०७२ जेष्ठ २४ गते स्वदेश फिर्ता हुनु भएका उपरथी श्री पुनलाई श्री निरिक्षणाधिकृतको कार्यालयको, निरिक्षणाधिकृतमा पदस्थापन गरिएको छ ।