ताप्लेजुङ्ग, संखुवासभा र सोलुखुम्बु जिल्लामा नेपाली सेनाद्धारा वाढी पहिरो पिडितको खोज तथा उद्धार कार्य जारी

१. मिति २०७२ जेष्ठ २७ गते सांझदेखि परेको अविरल बर्षाको कारण ताप्लेजुङ्ग जिल्लाको पश्चिम क्षेत्रका लिवाङ्ग, लिङ्गतेप, खोक्लिङ्ग, थिङलाबु, सान्थाक्रा गा.वि.स.हरु र संखुवासभा जिल्लाको नुम गा.वि.स.अन्तर्गत माङसिमा, चेपुवा तथा पेलुवा गाउँहरुमा पहिरो साथै संखुवासभा जिल्लाकै सभापोखरी, पाथीभरा, पावाखोला लगायत गा.वि.स.हरुमा र सोलुखुम्बु जिल्लाको हुंगा खोलामा बाढी गएको जानकारी हुनासाथ परिचालन भएको नेपाली सेनाको टोलीद्वारा आज मिति २०७२ जेष्ठ ३० गते पनि खोज तथा उद्धार कार्य जारी रहेको छ । 

२. पहिरो गए पश्चात ताप्लेजुङ्ग जिल्लामा खोज तथा उद्धार कार्यको लागि सदरमुकाम स्थित गुल्मबाट तत्काल खट्टिएको नेपाली सेनाको टोलीले उक्त कार्यलाई निरन्तरता दिई रहेको छ । आज नेपाली सेनाको एलुवेट हेलिकप्टरद्वारा ताप्लेजुङ्ग जिल्लाको लिवाङ्ग, खोक्लिङ्ग र थिङ्गलाफ गा.वि.स.मा ४ प्mलाईट राहत सामग्री पु¥याउनुका साथै लिवाङ्गबाट ४ जना र खोक्लिङ्गबाट २ जना गरी जम्मा ६ जना बिरामीहरुलाई जिल्ला सदरमुकाम थप उपचारको लागि पु¥याईएको छ ।

३. त्यसैगरि आजै वाढी तथा पहिरोबाट प्रभावित संखुवासभा जिल्लामा नेपाली सेनाको लान्सर हेलिकप्टरद्वारा ३८ जनालाई उद्दार गरी सुरक्षीत ठाँउमा स्थान्तरण गरिएको छ  जस मध्ये ३२ जनालाई पावाखोला गा.वि.स.को काङ्गदुवाबाट पाथिभरा गा.वि.स.को सीमा ईलाकामा र ६ जनालाई काङ्गदुवाबाट पाँचपोखरी ईलाकामा उद्दार गरिएको छ ।

४. सोलुखुम्बु जिल्लाको हुंगा खोलामा आएको बाढीको कारण हालसम्म कुनै पनि मानविय तथा भौतिक क्षतिहरु नभएको र नदीको बहावको सतह घटी हाललाई खतरा नरहेतापनि जिल्ला स्थित गुल्मबाट नेपाली सेनाको एक टोली सोताङ्ग गा.वि.स.मा फरवार्ड बेश बनाई उद्वारको लागि तैनाथ रहेको छ ।

५. अविरल वर्षाको कारण गएको पहिरो पश्चात ताप्लेजुङ्ग जिल्लामा खोज तथा उद्दार कार्यमा खट्टिएका नेपाली सेनाका टोलीले हालसम्म पहिरोेमा फसेका १७ जनालाई सकुशल हवाई उद्दार गरेको छ भने विभिन्न स्थानबाट पहिरोमा पुरिएका ३५ वटा शवहरुको उत्खनन् गरेको छ । मृत्यु हुनेमा  लिङ्गतेपका ४ जना,  खोक्लिङ्गका ३ जना,  लिवाङ्गका ९ जना, थिङलाबुका १७ जना र सान्थाक्रा गा.वि.स.का २ जना गरी जम्मा ३५ जना रहेका छन् । 

६. नेपाली सेनाले विपद् व्यवस्थापन सम्बन्धी नीति र व्यवस्था अनुसार तुरुन्त सक्रिय भई उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गर्दै पहिरो तथा वाढी गएका क्षेत्रहरुमा खोज तथा उद्धार कार्य संचालन गर्दै क्षति न्युनिकरण गर्न खट्टि रहेको छ  र भविष्यमा पनि गर्दै जाने विश्वास दिलाउन चाहन्छ ।