नेपाली सेनाद्धारा “नकआउट फुटवल प्रतियोगिता” को  फाईनल खेलको आयोजना 

१. नेपाल ओलम्पिक कमिटिको अनुरोध एवम् “ओलम्पिक डे २०१५” को अवसरमा नेपाली सेनाद्वारा जंगी अड्डास्थित खेल मैदानमा आयोजना गरेकोे “नकआउट फुटवल प्रतियोगिता” को फाईनल खेलको आज मिति २०७२ जेष्ठ ३२ गते प्रमुख अतिथि बलाधिकृतको समेत कार्यभार सम्हाल्नुभएका बलाध्यक्ष रथी श्री राजेन्द्र क्षत्रीज्यूले एक बिशेष समारोहकाबीच समापन गर्नु भएको छ ।  
२. आज मिति २०७२ जेष्ठ ३२ गते त्रिभुवन आर्मी क्लव र नेपाली सैनिक प्रतिष्ठान खरिपाटीको अधिकृत क्याडेट टिमबीच सम्पन्न भएको फाईनल खेलमा त्रिभुवन आर्मी भेट्रान टिम १–० गोलअन्तरले बिजयी भएको छ । मिति २०७२ जेष्ठ ३१ गतेबाट शुरु भएको उक्त फुटवल प्रतियोगिताको पहिलो दिनको खेलमा त्रिभुवन आर्मी भेट्रान टिमले स्पोर्टस् फर अल क्लवको भेट्रान्स टिमलाई १(० गोलअन्तरले र नेपाली सैनिक प्रतिष्ठान खरिपाटीको अधिकृत क्याडेट टिमले सैनिक आवासीय महाबिद्यालयलाई २–० गोलअन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेका थिए । 
३. उक्त कार्यक्रममा सभासद प्रोफेसर डा. श्री के. वि. थापा, Nepal Olympic Committee (NOC) Sports for All Commission  का चेयरम्यान श्री विष्णु गोपाल श्रेष्ठ, नेपाली सेनाका रथीबृन्दहरु, एनओसीका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृत, पदीक, अन्य दर्जा एवं सहभागि खेलाडी तथा अफिसियलको उपस्थिती रहेको थियो । साथै उक्त फाईनल खेल समापन पश्चात बिजयी टिमका खेलाडीहरुलाई प्रमुख अतिथी रथी श्री क्षत्रीले पदक तथा  प्रमाण(पत्र बितरण गर्नु भएको थियो । 
४. राष्ट्रिय सुरक्षाको प्रमुख शक्तिका रुपमा रहेको नेपाली सेना नेपाली खेलकुद क्षेत्रको पनि पर्याय शक्तिको रुपमा स्थापित भएकोले “स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद” भन्ने भनाईलाई आत्मसाथ गर्दै विपद्को यस कठिन घडीमा समेत विभिन्नस्तरमा खेलकुद प्रतियोगिताहरु आयोजना गर्नुको साथै अन्तराष्ट्रिय स्तरमा समेत राष्ट्रको तर्फबाट खेलाडीहरु सहभागी गराई निरन्तररुपमा सफलता पाउंदै आईरहेको छ । नेपाली सेनाको लागि यस किसिमको विशेष खेल प्रतियोगिता सञ्चालन गर्न पाउनु एक महत्वपूर्ण अवसर भएको साथै खेलकुदप्रतिको प्रतिबद्धता जनाउन प्रभावकारीरुपमा थप मद्दत पुग्ने विश्वास समेत नेपाली सेनाले लिएको छ ।