विनाशकारी भूकम्पबाट प्रभावित जिल्लाहरुमा नेपाली सेनाबाट सन्चालित अपरेशन “संकट मोचन” बाट आमनागरिकहरुको दैनिकी क्रमिकरुपमा सामान्यीकरणतर्फ उन्मुख 

१. मिति २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लाहरुमा नेपाली सेनाद्धारा अपरेशन “संकट मोचन” संचालन गरी प्राथमिकताका साथ खोज, उद्धार र राहत तथा भग्नावशेष व्यवस्थापन लगायत अन्य मानवीय कार्यहरु गरी सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्ने सिलसिलामा मिति २०७२ जेष्ठ ३२ गतेसम्म ५२ दिनको समयाबधीमा देश र देशवासीलाई परेको विपदको कठीन घडीमा नेपाली सेना त्याग र समर्पणको भावनासहित निस्वार्थरुपले कटिबद्ध भई अहोरात्र खट्टिएकोले आमनागरिकहरुको दैनिकी क्रमिकरुपले सामान्यीकरण तर्फ उन्मुख हुंदै गई रहेको छ ।

२. बिनाशकारी भूकम्प गएलगत्तै नेपाली सेना तथा अन्य सुरक्षा निकायहरु भूकम्पपिडीतहरुको खोज, उद्धार तथा राहत कार्यको निमित्त स्वतस्फूर्त रुपमा खट्टिई अग्रणी भूमिका निभाउदै आएको छ । मिति २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प पश्चात तत्काल नेपाली सेनाका प्रधान सेनापतिबाट सेनाका सम्बन्धित विभाग तथा पृतनाहरुलाई एक मार्गनिर्देशन दिनु भई २०७२ जेष्ठ मसान्तसम्मको लागि भूकम्पबाट प्रभावित जिल्लाहरुमा खोज, उद्धार, राहत तथा अन्य सहयोगी भूमिकामा नेपाली सेना परिचालन हुन अपरेशन “संकट मोचन” को नामबाट लक्षित उद्देश्य प्राप्तीको निमित्त फौज परिचालन भई तोकीएको कार्यहरु गर्दै आईरहेको र सो क्रमलाई नेपाल सरकारले तोकेको समयसीमा असार मसान्तसम्मको लागि समेत निरन्तरता दिईरहनेछ । त्यस्तै आमनागरिकहरुको दैनिकी सामान्यीकरण तर्पm उन्मुख भई रहेको र प्रभावित जिल्लाहरुको विभिन्न गा.वि.स.हरुबाट आवश्यकता अनुसार योजनाबद्धरुपमा फौजहरुलाई ब्यारेक फिर्ता गरि भूकम्पबाट प्रभावित सकल दर्जाहरुलाई आ–आफ्नो समस्या सामधान गर्न प्राथमिकताको आधारमा विदाछुट्टी छोड्ने योजना गरिएको छ ।
 
३. नेपाल र नेपालीलाई परेको यस प्राकृतिक विपद्को कठिन घडिमा तत्काल खोज तथा उद्धार कार्यको लागि विभिन्न १८ मित्रराष्ट्रहरुबाट मुख्य गरी खोज तथा उद्धार, ईन्जिनियरीङ, मेडिकल र हवाई क्षमता भएका ४ हजार ३ सय १६ जना सैनिकहरु आवश्यक उद्धार उपकरण सहित नेपाल आई नेपाली सेनाको समन्वय र सहकार्यमा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषमा पुरिएकाहरुमध्ये १९ जनाको जीवितै उद्धार र १३५ जनाको शव उत्खनन् गरेका थिए भने २७,३९० घाईते बिरामीहरुको उपचार गरेको थियो यसैगरी  हवाई साधनहरुद्धारा ३,९४६ जनाको उद्धार गरीएको र १,०२३ टन राहत सामाग्री तथा खाद्यान्न ढुवानी गरी सबै बहुराष्ट्रिय सैनिकहरु मिति २०७२ जेष्ठ २२ गते सम्ममा फिर्ता भई सकेका छन् । विपद्को यस घडिमा मित्रराष्ट्रहरुबाट प्राप्त भएको सहयोग र सद्भाव ज्यादै स¥हानिय रहेको छ । 

४. विनाशकारी भूकम्प पश्चात नेपाली सेना खोज, उद्धार, राहत लगायतका कार्यहरुमा परिचालित भई १,३३६ जनाको जीवितै उद्धार र ३५७ जनाको शव निकालेको थियो भने उद्धारको क्रममा नेपाली सेनाको हवाई साधनहरुद्धारा २,९६२ जनाको हवाई उद्धार गरेको र  ८५,९५४ घाईते विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरि सकेको छ । यसैगरी नेपाली सेनाको हवाई साधनहरुद्धारा २१६ टन राहत सामाग्री तथा खाद्यान्न बिभिन्न बिकट जिल्लाहरुमा पु¥याउनुको साथै १०८८९ टन खाद्यान्न र ३,८११ टन अन्य राहत सामाग्री नेपाली सेनाको गाडीहरुद्धारा बिभिन्न जिल्लाहरुमा ढुवानी गरेको छ । 

५. यस विपद् पश्चात सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण हुँदै जानुमा नेपाल सरकारका बिभिन्न निकायहरु, मित्र राष्ट्रका सेनाहरु, बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् स्थानिय स्वयंसेवकहरुसंग गरिएको प्रभावकारी समन्वय तथा सहकार्यको प्रतिफल हो भन्नेमा नेपाली सेना बिश्वस्त छ । यसरी कठिन घडीमा स्वदेशी तथा मित्र राष्ट्रहरुबाट प्राप्त महत्वपूर्ण सहयोगको लागि नेपाली सेना हार्दिक कृतज्ञता तथा आभार ब्यक्त गर्दछ । 

६. नेपाली सेना यस राष्ट्रिय विपद्को समयमा नेपाली जनताको भरपर्दो आस्था तथा विश्वासको केन्द्रको रुपमा रहीआएको एवम्  नेपाल सरकारबाट निकट भविष्यमा हुन गईरहेको पुनर्निर्माण कार्यमा समेत कुनैपनि जिम्मेवारी प्राप्त भएमा त्यसलाई नेपाली सेनाले गहन ढंगले ग्रहण गरी प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पुरा गर्ने विश्वास दिलाउन चाहान्छ ।