नेपाली सेनाद्वारा ताल व्यवस्थापन कार्यविधि सहित सप्तरी जिल्लाकोे लोहजरा ताल स्थानिय बन उपभोक्ता समितिलाई हस्तान्तरण 

१. नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा. श्री रामवरण यादवद्वारा बन तथा चुरे संरक्षण दिवसको उपलक्ष्यमा आज मिति २०७२ आषाढ २ गते चुरे संरक्षण स्थलको स्थलगत निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षण भ्रमणको क्रममा राष्ट्रपति डा. श्री रामवरण यादवले धनुषा जिल्लाको दिगम्बरस्थित जलाध खोलामा भएको कामको स्थलगत अवलोकन गर्नुको साथै सम्बन्धित प्राबिधिकहरुसंग कामको बारेमा अन्तरक्रिया समेत गर्नु भएको थियो । त्यसैगरी दिगम्बरपुरबाट बाबा ताल र देवी तालको हवाई अवलोकन गर्दै सप्तरी जिल्लाको    पन्सेरा–६ आम्हास्थित चुरेको नाङ्गो डाँडामा बृक्षारोपण समेत गर्नु भएको थियो । 

३. उक्त निरीक्षण भ्रमण तथा बृक्षारोपण कार्यक्रम पश्चात् सम्माननीय राष्ट्रपति डा. श्री रामवरण यादवको प्रमुख आतिथ्यमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. ले आज ताल व्यवस्थापन कार्यविधि सहित स्थानीय बन उपभोक्ता समितिका अध्यक्ष श्री जय प्रकाश यादवलाई सप्तरीको लोहजरा ताल हस्तान्तरण गर्नु भएको छ । सोही अवसरमा राष्टपति चुरे तराई मधेश संरक्षण बिकास समितिका अध्यक्ष श्री रामेश्वर प्रसाद खनालले संरक्षण क्रियाकलाप र ताल संरक्षणको उद्देश्यबारे जानकारी गराउनु भएको  थियो । चुरे, तराई, भावर तथा मधेशमा रहेका राष्ट्रिय महत्वका सम्पदाहरुको संरक्षमा नेपाली सेनालाई सहभागि गराउने निर्णय अनुरुप राष्ट्रपति चुरे तराई(मधेश संरक्षण विकास समितिबाट सिराहा जिल्लामा रहेको बाबा ताल र देवी ताल तथा सप्तरी जिल्लामा रहेको लोहजरा तालको संरक्षणमा सहभागिताको लागि नेपाली सेनालाई अनुरोध भएकोले हालसम्म उक्त तालकोे संरक्षण, सम्बद्र्धन र बिकास नेपाली सेनाले गर्दै आईरहेको थियो । 


४. उक्त समारोहमा प्रधानसेनापति श्री राणाले नेपालको प्राकृतिक वनस्पति तथा वन्यजन्तु लगायतका जैविक विविधताको संरक्षण र सम्बद्र्धन कार्यमा नेपाली सेना विगत लामो समयदेखि प्रत्यक्ष रुपमा संलग्न रही महत्वपूर्ण योगदान पु¥याउंदै आईरहेको बताउनु हुंदै ूराष्ट्रपति चुरे तराई(मधेश संरक्षण विकास समितिू ले स्थापनाकालको पहिलो बर्ष पुरा गरेको उपलक्ष्यमा समितिलाई नेपाली सेनाको तर्पmबाट हार्दिक बधाई ज्ञापन गर्दै कार्य क्षेत्रमा सफलता एवं उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भएको थियो । 
५. सोही अवसरमा प्रधानसेनापति श्री राणाले नेपाली सेनालाई भविष्यमा पनि यस प्रकारका अवसरहरु प्राप्त भएमा आफुमा बिद्यमान पर्यावरण संरक्षण सम्बन्धी ज्ञान, शीप र अनुभवको भरपुर प्रयोग गर्दै समग्र चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धनमा ठोस योगदान पु¥याउन तत्पर रहेको समेत विश्वास दिलाउनु भएको थियो । 
६. उक्त समारोहमा वन तथा भू(संरक्षण मन्त्री श्री महेश आचार्य, पूर्व प्रधानमन्त्री   श्री माधव कुमार नेपाल, राष्ट्रपति चुरे तराई(मधेश संरक्षण बिकास समितिका अध्यक्ष तथा सदस्यहरु, रक्षा सचिव, बन तथा भू(संरक्षण सचिव, रथीबृन्द लगायत उच्च पदाधिकारीहरु तथा ठूलो संख्यामा स्थानिय बासिन्दाहरु एवम् संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।