नेपाली सेनाको ध्यानाकर्षण


१. केहि संचारमाध्यमहरुमा नेपाली सेनाले इजरायलबाट विनाटेन्डर गभर्मेन्ट टु गभर्मेन्ट प्रणालीमा एक हजार भन्दा बढी संख्यामा गलिल हतियार ल्याउन प्रतितपत्र खोल्न स्विकृति माग गरेको एवम् विना प्रतिस्पर्धा हतियार खरिद गर्न लागेको भन्ने बिषयलाई अनावश्यक चर्चामा ल्याउने र अतिरन्जित रुपमा खबरहरु संप्रेषण भएकोप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।

२. राष्ट्रिय सेना र त्यसको विशेष फौजलाई सुहाउंदो हतियार तथा उपकरणहरूले समयमै सु(सज्जित गर्न सकेमात्र उनीहरूबाट परेको समयमा काम लिन सकिन्छ । विशेष फौजको पहिचान नै उसले हांसिल गरेको विशेष तालिम, सुहाउंदो हतियार र ती मार्पmत नियमित फौज भन्दा बढी जोखिम मोलेर छोटो समयमा हासिल गर्ने गुणात्मक परिणाम हो । 

३. नेपाली सेनाको विशेष फौजले प्रयोगमा ल्याईरहेको क्ष्कचबभष् ि ध्भबउयल क्ष्लमगकतचथ ९क्ष्ध्क्ष्० मा मात्र निर्माण हुने गलिल राईफल उपयुक्त सावित भईसकेको एक भरोसादार हतियार हो । तसर्थ, गलिल राईफलको खरिद प्रक्रियालाई रोक्ने वा विलम्ब गर्ने निहित उद्धेश्यको परिणाम तत्काल आंकलन नहुन सक्छ । नेपाली सेनाले कानुनसम्मत नेपाल  सरकारको स्वीकृती प्राप्त भएपश्चात इजरायलबाट गलिल हतियार खरिद गर्न खोज्दा विवादास्पद बनाउन खोज्नु तथा गलिल हतियार नै निर्माण नगर्ने अन्य मुलुकका दूतावासहरुबाट कोटेशन लिनुपर्ने जस्ता कुरा उठाउनु औचित्यहिन भएको प्रष्ट नै छ । 


४. मुलुक र मुलुकको शान्ति सुरक्षा कायम राख्न, नेपाली सेनालाई समयसापेक्ष आधुनिकिकरण गर्न तथा सामरिक क्षमतामा अभिबृद्धि गर्न आवश्यक पर्ने महत्वपूर्र्ण हात(हतियार एवम् अन्य सामग्री आपूर्तिमा विवादास्पद वखेडा झिकी यसबाट हुने विलम्बले पुग्ने क्षति यदाकदा अपुरणीय समेत हुनसक्छ । हालै प्राप्त २(दुई) वटा एम.आई.१७ हेलिकप्टर दुई महिना अघि मात्रै नेपाली सेनालाई उपलव्ध हुन सकेको भए त्यसबाट भूकम्प पिडितहरूको खोज, उद्धार तथा राहत कार्यमा उल्लेख्य सहयोग पुग्न गई अझ धेरै मात्रामा जनधनको क्षति हुनबाट जोगाउन सकिने निश्चित थियो ।

५. हतियारको खरिद प्रक्रिया आर्थिक वर्षको सुरू देखि नै थालनी गरिएको  हो । यस प्रकारको खरिदमा आवश्यक योजना, सामग्रीको उपयोगिताको अध्ययन, विकल्पहरू, विज्ञको राय र सूचीकृत कम्पनीको छनौट गरिन्छ भने सूचीकृत कम्पनीले उत्पादन नगर्ने विशेष सामग्री सम्बन्धित मुलुकको राजदूतावास मार्पmत आवश्यक प्रक्रिया अनुरुप सामान झिकाईन्छ । विज्ञ र वरिष्ठ अधिकृतहरूको समितिले सरकारको नीति निर्देशन बमोजिम गरेको सिफारिस अनुसार निर्णयार्थ प्रधानसेनापति समक्ष प्रस्तुत गरिन्छ । यसको लागि नेपाली सेनाले नेपाल सरकारको स्वीकृती लिई इजरायली राजदुतावास मार्पmत जि(टु(जि प्रक्रिया अनुसार पारदर्शि ढंगले हतियार झिकाउने प्रकृया अगाडी बढाएको यस अवस्थामा प्रधानसेनापतिको कार्यकालको अन्त्य एउटा संयोग मात्र हो, यस विषयलाई अतिरन्जित गर्न खोज्नु र सैनिक नेतृत्वलाई लान्छना लगाउन खोज्नु आपैmमा दुर्नियतपूर्र्ण देखिन्छ । नेपाली सेना राष्ट्रिय सुरक्षासंग सरोकार राख्ने महत्वपूर्ण विषयहरूमा सम्बन्धित पक्षको संवेदनशीलताको अपेक्षा गर्दछ र जनताले तिरेको करलाई सेना र राष्ट्रको हितको लागि पूर्णत सदुपयोग गर्न सदा प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छ ।

६. नेपालको समग्र राष्ट्रिय सुरक्षा तथा हितलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पार्ने यस किसिमका संवेदनशील विषयहरुमाथि भविष्यमा पनि समाचार संप्रेषण गर्दा एकिन गरी जिम्मेवार र संवेदनशील भई राष्ट्रिय सुरक्षा र हितलाई प्रवद्र्धन गर्ने गरी समाचार संप्रेषण गर्न समग्र संचार जगतले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।